तिहारका लागि बजारमा भित्रिन थाले हिमाली च्याङ्ग्रा (तस्बिरहरू) « Khabarhub

तिहारका लागि बजारमा भित्रिन थाले हिमाली च्याङ्ग्रा (तस्बिरहरू)


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – तिहार नजिकिएसँगै हिमाली च्याङ्ग्रा सहर तथा बजारमा भित्रिन थालेका छन् । चाडपर्वका बेला च्याङ्ग्राको मासु खाने प्रचलन रहेकाले व्यापारीले हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याएर विभिन्न सहरमा बिक्रीका लागि पुर्‍याउन थालेका हुन् ।

पछिल्लो एक सातादेखि हिमालपारिको जिल्ला मुस्ताङ हुँदै डोल्पा र तिब्बतबाट भेडाच्याङ्ग्रा बजारमा आउन थालेका छन् । व्यापारीले बागलुङ, पर्वत, कास्की, काठमाडौँ, चितवन र बुटवलसम्म च्याङ्ग्रा पुर्‍याउने तयारी गरेका छन् ।

अघिल्ला वर्षमा दसैँका बेला हजारौँको सङ्ख्यामा भेडाच्याङ्ग्रा भित्रिने गरे पनि यस वर्ष बाढीपहिरोका कारण आपूर्ति निकै कम भएको छ । बागलुङ आउने मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाएपछि दसैँका बेला च्याङ्ग्रा बजारसम्म ल्याउन समस्या भएको थियो ।

अहिले बागलुङ बजारमा रोज्जा च्याङ्ग्राको मूल्य ३५ हजारदेखि ५२ हजार रुपैयाँसम्म रहेको छ ।

डोल्पा–मुस्ताङ सीमाक्षेत्रबाट २३ दिनको लामो यात्रा गरेर बागलुङ आइपुगेका व्यापारी दिक्पाल गुरुङले यसपटक तीन सय च्याङ्ग्रा ल्याएको बताए। दसैँका बेला बाढीपहिरोका कारण च्याङ्ग्रा बजार झार्न नसकेको र अहिले मौसम अनुकूल भएपछि ल्याउन सम्भव भएको उनको भनाइ छ ।

‘हामीले ल्याएका च्याङ्ग्रा केही मुस्ताङका हुन् भने केही डोल्पाका हुन् । काठमाडौँसम्म पुर्‍याउने योजना छ’, गुरुङले भने।

बागलुङ बजारमा च्याङ्ग्राको मासु प्रतिकिलो दुई हजार २०० रुपैयाँसम्म पुगेको उपभोक्ता विजय पौडेलले बताए। गत वर्ष प्रतिकिलो एक हजार ९०० रुपैयाँसम्ममा च्याङ्ग्राको मासु पाइने गरेको उनले जानकारी दिए ।

बाढीपहिरोका कारण आपूर्ति घट्दा मूल्य बढेको हुन सक्ने पौडेलको अनुमान छ । हिमाली च्याङ्ग्राको मासु स्वादिष्ट र अन्य पशुको तुलनामा स्वस्थकर मानिने भएकाले चाडपर्वमा यसको माग बढी हुने गरेको उनले बताए।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ३ : ५१ बजे

कीर्तिपुरमा लुम्बिनी र काठमाडौं भीड्ने

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक

तिहारका लागि बजारमा भित्रिन थाले हिमाली च्याङ्ग्रा (तस्बिरहरू)

बागलुङ – तिहार नजिकिएसँगै हिमाली च्याङ्ग्रा सहर तथा बजारमा भित्रिन

तिहार विशेष रैथाने मेलामा स्वदेशी उत्पादनको प्रवर्द्धन

काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वदेशी तथा स्थानीय

संसदीय समितिद्वारा सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सबै चार जनाको नाम अनुमोदन

काठमाडौं- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

इस्लामावाद- एक पाकिस्तानी अन्तरिक्ष यात्री चीनको ‘शेन्झोउ–२४’ अन्तरिक्ष यानको चालक