इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु  « Khabarhub

इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु 


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

इटहरी– इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी ’अभियान सुरु गरेको छ। अभियान अन्तरगत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकहरूसँगै प्रत्येक पोलमा बत्ती जडान कार्य थालेको छ। 

इटहरी वडा नं. १ को  बजार तथा चोकहरुमा सडकबत्ती जडान गरि अभियान सुरु गरिएको हो ।  सबै वडालाई उज्यालो बनाउने अभियान अन्तरगत २० वटै वडाको प्रत्येक बिजुलीको पोलमा बत्ती बाल्ने अभियान सुरु गरेको हो । 

इटहरीलाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ती जडान कार्य निरन्तर भइरहेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए।

 ‘उज्यालो इटहरी ’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरूमा मात्र नभई घोडाहरूको प्रत्येक खाली पोलहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ उनले भने ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ।’

नगर प्रमुख पौडेलले उज्यालो इटहरी कार्यक्रमलाई निरन्तरता दिने समेत बताएका छन्। उप महानगरपालिकाद्वारा जडान गरिएका सडकबत्ती रात पर्दा आफैं बल्ने र उज्यालो हुँदा आफैं बन्द हुने प्रविधिका छन । 

विद्युत् विस्तार भएसँगै त्यहाँका स्थानीयवासी पनि खुशी भएका छन्  । इटहरीको जंङगल आसपास हात्ती आतंक र शहरमा चोरी बढ्दै गएको भन्दै अहिले सुरक्षाको हिसाबले पनि पोलै पिच्छे बत्ती जडानको काम हुँदै छ विद्युत् शाखाका प्रमुख उमेश चौधरीले भने । 

निरन्तर वडाहरूमा जडानको काम भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ३ : ३७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्