दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै | Khabarhub Khabarhub

दाङको सेवार खोलामा चार लेनको पुल निर्माण हुँदै


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवार खोलामा चार लेनको पुल निर्माण सुरु भएको छ । 

घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा २०८३ साल वैशाख ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको हो । पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर उपेन्द्र दासले तीन करोड ५० लाखको लागतमा तीन वर्षभित्र पुल निर्माण गर्नेगरी रायमाझी निर्माण सेवा प्रालि काठमाडौँले काम सुरु गरेको जानकारी दिए ।

उनले ७० मिटर लम्बाइ र २० दशमलव पाँच मिटर चौडाइको पुल बनिरहेको बताए। 

यहाँ पुल नहुँदा बर्सातको समयमा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । पुल निर्माण सुरु भएपछि स्थानीय तथा यात्रुहरू खुसी भएका छन् । तुलसीपुर निवासी रामचन्द्र केसीले भने, ‘बर्सातमा भेल आउँदा वारपार गर्न निकै समस्या हुने गरेको छ । पुल निर्माण सुरु भएपछि समस्या समाधान हुनेछ । निर्धारित समयमै पुल निर्माण गर्न हाम्रो आग्रह छ ।’

घोराही–तुलसीपुर सडकखण्डका अधिकांश खोलामा पुल बनिसकेका छन् । सेवार खोला र हापुर खोलामा पुल निर्माण गर्न बाँकी छ । सेवार खोलामा पुल निर्माण सुरु भए पनि हापुर खोलामा कहिले पुल निर्माण हुने हो टुङ्गो छैन । 

यसअघि तुलसीपुर–लमही सडकखण्डअन्तर्गत कटुवा खोला, बबई खोला, गुर्जे खोला, सिस्ने खोला, पत्रे खोला, कालाखोला, ग्वारखोला र सक्राम खोलामा पुल निर्माण भइसकेका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : ५२ बजे

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

बैंकक- थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा,

पोखरामा कुटपिटबाट एकको मृत्यु

कास्की– पोखरामा सामान्य विवादमा आज बिहान एक जनाको कुटपिटबाट मृत्यु

एकैदिन मुस्ताङ भित्रिए सात हजार पर्यटक

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा एकैदिन छ हजार ८५९

सरकारलाई नैनसिंह महरको प्रश्न- तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छ ?

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

छठ पर्वले बजारमा केराको माग बढ्यो

धनुषा– छठ पर्व सुरु भएसँगै जनकपुरधामसहित धनुषा जिल्लाका स्थानीय बजारमा