‘परिपक्व पत्रकारिताका लागि सम्पादकीय स्वतन्त्रता आवश्यक’ « Khabarhub

‘परिपक्व पत्रकारिताका लागि सम्पादकीय स्वतन्त्रता आवश्यक’


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता प्रदान गरिनुपर्ने आवश्यकता औँल्याएको छ । 

काउन्सिलद्वारा आज यहाँ आयोजित ‘समाचार सम्पादनमा पत्रकार आचारसंहिताको सवाल’ विषयक अन्तरक्रियामा पत्रकारिताको महत्व र आकर्षण कायम राख्न सूचना तथा समाचार छुट्याएर सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिइयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मर्यादित र विश्वसनीय पत्रकारिताका लागि प्रत्येक सञ्चारगृहले आ–आफ्नो आचारसंहिता लागू गर्नसक्ने बताए । उनले भने , ‘समाचारकक्षमा सम्पादकीय स्वतन्त्रता हुनुपर्छ । बजारमा सूचनाको बाढी छ तर ती सबै सूचना समाचार होइनन् । यसमा ध्यान दिन पत्रपत्रिकालगायत परम्परागत सञ्चारमाध्यमलाई जोगाई राख्न प्रविधिमैत्री बनाउनुपर्छ ।’

शेयर बजार र आर्थिक गतिविधिसँग जोडिएका विषयलाई विशेष रूपमा अध्ययन गर्ने बताउँदै उनले पत्रकारिता क्षेत्रलाई सशक्त बनाउन काउन्सिल क्रियाशील रहेको जानकारी दिए।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाचारकक्षमा आउने सूचनालाई गुणस्तरीय बनाउन समाचारमा सम्पादकीय सीप झल्कनुपर्ने सुझाव दिए। उनले समाचार सामग्रीलाई सम्प्रेषणयोग्य बनाउनाका साथै सम्पादकले तत्काल सामाग्री जुटाउने, योजना बनाउने, सहयोग र समन्वय गर्ने क्षमता तथा सक्रियामा पनि ध्यान दिनुपर्ने बताए।    

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आचारसंहिता पालनामा र पत्रकारको क्षमता अभिवृद्धि गर्न-गराउन मिडियालाई सुझाव दिए ।  

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमको सम्पादन शाखामा कार्यरत पत्रकारले समाचार सत्यतथ्यमा आधारित हुनपर्ने तथा दिइएका सामग्री भरसक गलत हुन नदिन आफूहरू सचेत रहेको बताए ।

 सही सूचना प्रवाह गर्ने समाचारकक्षमा कार्यरत व्यक्तिको भूमिका पर्दा पछाडिका खेलाडीजस्तै हुने भन्दै उनीहरूले रहने सम्पादकको समयसापेक्ष क्षमता विकासमा सञ्चारमाध्यम र सरोकार भएका निकायले ध्यानदिनुपर्ने बताए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ६ : १२ बजे

जनकपुरका अतिक्रमित गुठी जग्गा हटाउन ९ सदस्यीय प्रतिवेदन कार्यान्वयन समिति गठन

काठमाडौं– भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी

चितवन– पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा

आँसुसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा

फुटबलमा केही खेलाडीले उपाधि जितेर इतिहास लेख्छन्, केहीले आफ्नो प्रदर्शनले

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि