बैठकमा मलाई ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल « Khabarhub

बैठकमा मलाई ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले केन्द्रीय समिति बैठकमा आफूमाथि ह्यारेसमेन्ट भएको बताएका छन् ।

बैठकबीच छाडेरबाहिर निस्किएका ढकालले सञ्चारकर्मीसँग कुरा गर्दैै आफूले बोलदिन भन्दा पनि बैठकमा कालोटेप हटाएर बोल्न लगाइएको बताएका हुन् । उनले बैठकमा पार्टीका सभापति र उपसभापतिले आफूलाई महामन्त्री मान्दैनौं भनिसकेको बताए ।

उनले भने, ‘महामन्त्रीलाई हटाउन अनुशासनको कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ । दुवै उपसभापतिले अबदेखि महामन्त्री नमान्ने भनेर भनेको अवस्था छ । लाइभ नगरे मैले बोल्दिन भनेर भन्दा बोलकी बोल भनेर ह्यारेसमेन्ट गरियो । गोरखा मिडियामा नेटवर्कको भूमिकामा रवि लामिछाने महामन्त्रीको भूमिकामा हुनुहुन्थ्यो त्यसमा सभापति जीबी राइको गल्ति, रास्वपामा भएका सबै गल्ति महामन्त्रीको हुने, भनेपछि उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिल्लै गल्ति गर्दैन भन्ने देखिन्छ ।’

साथै उनले आफुले विरोध गरेका कारण कारवाही गर्न लागिएको बताउदै अब रास्वपा प्रतिपक्षमा बस्दै छ कुन मुखले सरकारको विरोध गर्छ भन्दै प्रश्न गरेका छन् ।

यस्तै ढकालले प्रहरीको सरुवा र बढुवामा गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई ‘डमी’ बनाएको आरोप लगाएका छन् ।

उनले भने, ‘एआईजी बढुवा गर्दा एकदिनको बढुवा गर्दा आइजी थुपार्नुभएको छ। डीएसपीदेखि साराको बढुवामा आईजीलाई डमी आईजीको रुपमा प्रयोग गर्नुभएको छ । नेपाल सरकारका दुईजना आईजीपी हुनुहुन्छ। गृहसचिव एकनारायण अर्याल हुनुहन्छ। उहाँ(रवि)को काम गर्ने चरित्रबारे तपाईंहरूले उहाँहरुसँग बुझ्दा हुन्छ ।’

आज बसेको बैठकमा ३८ जिल्ला पुगेर महामन्त्री ढकालले ल्याएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल भएको । बैठकमा सहभागी एक एक नेताका अनुसार आज सबैजसो बोल्ने वक्ताहरुले महामन्त्री केन्द्रित कुराकानी गरिरहेका थिए । उनको कार्यशैलीप्रति तीव्र असन्तुष्ट जनाउँदै नेताहरुले प्रतिक्रिया दिएका थिए। त्यसपछि मुकुलले नेताहरुको प्रश्नको जवाफ नदिएर बैठक छाडेर हिँडेको एक नेताले जानकारी दिए ।

याे पनि…

महामन्त्री निस्किन खोजेपछि रविले गरे बैठक स्थगित

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ९ : ३१ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि