नेताबाट राज नेता बनाउन रवि लामिछानेको विरोध गरेको हुँ : निलम्बित महामन्त्री ढकाल | Khabarhub Khabarhub

नेताबाट राज नेता बनाउन रवि लामिछानेको विरोध गरेको हुँ : निलम्बित महामन्त्री ढकाल


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीमा सभापति रवि लामिछाने नेताबाट राजनेता बनाउन विरोध गरेको बताएका छन्।

पार्टीभित्र रवि प्रवृत्तिको विरोध आफूले गर्नैपर्ने भएकाले गरेको दाबी उनको छ। रावि लामिछानेमा देउवा, प्रचण्ड र ओली प्रवृत्ति दोहोरिएपछि विरोध गरेको उनले प्रष्ट पारेका छन्।

बुधबारको केन्द्रीय समिति बैठकले सात दिनका लागि निलम्बन गरेपछि पत्रकारसँग कुरा गर्दै ढकालले रविलाई सच्याउनका लागि र नेताबाट राजनेता बनाउनका लागि गरेको दाबी गरेका हुन। तर रवि लामिछानेले त्यसको अनुभूति नगरेको उनको भनाइ छ।

उनले भनेका छन्,‘राष्ट्रिय स्वतन्त्र सभापति रवि लामिछानेमा देउवा प्रवृत्ति, ओली प्रवृत्ति र प्रचण्ड प्रवृत्ति देखिन्छ भने रवि प्रवृत्तिको विरोध मैले गर्नुपर्छ। र त्यही कुरा मैले गरेको हुँ। त्यो विरोध मैले उहाँलाई सच्याउनका लागि गरेको हुँ। मैले उहाँलाई नेताबाट राजनेता बनाउनका लागि विरोध गरेको हुँ। तर कताकता उहाँले त्यसको अनुभूति गर्नु भएन।’

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : १४ बजे

हरिबोधिनी एकादशी : बागमतीमा टाँगियो फूलसहितको तोरण (तस्बिरहरू) 

काठमाडौं– आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका

ऊर्जामन्त्री घिसिङको अडान : लाइन काटिएका उद्योगले बक्यौता तिर्नै पर्छ, निर्णयबाट पछि हट्दिनँ 

काठमाडौं– बक्यौता तिरेको महसुल नबुझाएको कारण डेडिकेटेड र ट्रङ्क लाइन

आईसीसी विश्वकप लिग- २ : अमेरिकाले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलामा नेपाल

५२ गर्भवतीलाई पोषण भत्ता प्रदान

तनहुँ– तनहुँकाे व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित

भोजपुर– भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यवसायिक खेतीतर्फ