बालुवाटार पुगेका रास्वपाका मन्त्री राजीनामा नदिई फर्किए | Khabarhub Khabarhub

बालुवाटार पुगेका रास्वपाका मन्त्री राजीनामा नदिई फर्किए


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् ।

राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुले  प्रधानमन्त्रीसँगको छलफलपछि राजीनामा नदिई फर्किएका छन् ।

 प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद् सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिबेला सम्म साथ दिन आग्रह गरेकोले राजीनामा नबुझाएको बताएका छन् ।

उनले प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरू त्यतिबेला सम्म पर्खिन तयार भएको बताए । परियारले प्रधानमन्त्रीलाई छिटो विश्वासको मत लिन आग्रह गरेको आफूहरूले बताएको जानकारी दिए ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित शिक्षामन्त्री सुमन श्रेष्ठ, श्रममन्त्री डिपी अर्याल र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ।

यस अघि बुधबार साँझ एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै मन्त्रीहरुले राजीनामा बुझाइसकेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १० : ५१ बजे

कमलादीमा पनि मनाइयो गणेश चतुर्थी पर्व

काठमाडौं– भगवान् गणेशको पूजा आराधना गरी मंगलबार गणेश चतुर्थी पर्व

मनाइयो सूर्यविनायकमा गणेश जन्मोत्सव एवं रथयात्रा

काठमाडौं– भक्तपुरको सुर्यविनायकमा गणेश जन्मोत्सव जात्रा एवं गणेश रथयात्रा हर्षोल्लासका

करेन्ट लागेर एक जनाको मृत्यु

बाँके– बैजनाथ गाउँपालिका-७ पेडारी बस्ने ४८ वर्षीय झक्क बहादुर भण्डारीको करेन्ट लागेर

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने

काठमाडौंमा सुरु भयो भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता

काठमाडौं– भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको