अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने « Khabarhub

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।  

वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले राससलाई जानकारी दिए। प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए।  

 महासचिव राईले भने, ‘परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ ।’

जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ११ : ०१ बजे

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं– सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५

ओलीको टिप्पणी : जेन-जीहरू र सरकारबीचको सम्झौता कलाविहीन नाटक, मान्यता दिँदैनौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सिंहदरबारमा अन्तरिम

जलेको संसद् भवन पुगेर पूर्वराष्ट्रपति भण्डारीले भनिन्- दुख लाग्यो

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट

म्यानमारको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु

याङ्गुन- म्यानमारको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा

प्रचण्डलाई हराएका केसीको निर्णयले देउवालाई नैतिक चुनौती

काठमाडौं– गत कात्तिक १९ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा