ढाँटले होइन, आँटले जित्नुस् « Khabarhub

ढाँटले होइन, आँटले जित्नुस्


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इंग्ल्याण्डमा नेल्सन नाम गरेका १२ वर्षका एक बालक थिए । उनका मामा पानी जहाजका नाविक थिए । नेल्सन पनि फुर्सदको समयमा आफ्नो मामासँगै जहाजमा गएर काम सिक्ने गर्थे । यो क्रम चल्दै जाँदा उनि एक चतुर नाविक बने।

यही क्रममा उत्तरी ध्रुवको खोजको लागि रेसहर्स नामक जहाज पठाइयो त्यो बेला नेल्सनले पनि यो जहाजमा नाविकको काम गरे र यात्रामा हिंडे । उत्तरी ध्रुव प्रदेशमा सँधैजसो समुद्र बर्फिलो चट्टानले ढाकिरहन्थ्यो ।

त्यहाँ जुनसुकैबेला भयंकर जीवजन्तुको आक्रमण हुने जोखिम हुन्थ्यो । एक दिन कुनै स्थानमा जहाज अड्याएर राखिएको थियो । त्यही समयमा नेल्सन आफ्नो एउटा साथीसँग घुम्न भन्दै निस्किए । साथीसँग घुम्दै जाँदाबीच बाटोमा एउटा भयानक भालुसँग मुठभेड भयो ।
नेल्सन कति पनि डराएनन् उनले त्यो भालुलाई निशाना बनाएर गोली प्रहार गर्न थाले, त्यही क्रममा उनका साथी कप्तान भने अन्य नाविकलाई खबर गर्न भन्दै जहाजतिर भागे ।

समुन्द्रको छालको कारणले नेल्सनको एउटा पनि गोली भालुको निशानमा लागिरहेको थिएन । केही क्षणमा नै उनीसँग भएका सबै गोली सकियो । फेरि पनि उनी डराएनन् र त्यहाँबाट भागेनन् पनि । बरु निर्भयताका साथ बन्दुकको कुन्दाले भालुलाई हिर्काउँन थाले ।

जब जहाजका कप्तान त्यहाँ पुगे र उनले एक गोली हानेर भालुलाई मारिदिए । अनि, उनी नेल्सनको साहस देखेर अचम्ममा परे । कप्तानले नेल्सनसँग सोधे – तिमीलाई भालुसँग डर लागेको थिएन ? नेल्सनले मुस्कुराउँदै जबाफ दिए – कतिपनि लागेन । म यो भालुको छाला आफ्नो बाबुको लागि लिएर जानेछु ।

यही बहादुर बालक नेल्सन ठूलो भएपछि ब्रिटिश फौजका सेनापति बनेर यिनकै वीरताको कारणले वाटरलूको मैदानमा नेपोलियनको हार भयो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ८ : १९ बजे

खेलकुदमन्त्रीले भने- एन्फाको निलम्बन फुकुवाका लागि सरकारले पहल गरिरहेको छ

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ

बाढीमा बेपत्ता चार जनाको कुशको शव बनाएर दाहसंस्कार

पाल्पा– भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ ।