काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ न गाडी गुडाउन (तस्बिरहरू) « Khabarhub

काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ न गाडी गुडाउन (तस्बिरहरू)


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षा सुरु भए सँगै काठमाडौंका सडकहरू हिलाम्मे हुन थालेका छन् । काठमाडौंको विकास पूर्वाधारका काम कछुवाको गतिमा अघि बढ्दा सडकको बेहाल भएको हो ।

बुधबार मात्रै काठमाडौंको सोह्रखुट्टेस्थित सडक भासिँदा त्यसमा चालक र मोटरसाइकल खसे । चालकलाई तत्कालै उद्धार गरियो । तर मोटरसाइकललाई डोजर ल्याएर निकाल्नुपर्‍यो ।

काठमाडौंका सडकहरूको समयमा मर्मत नहुँदा यतिबेला हिलाम्ये छन् । जसकारण ठूला ठूला खाडल बनिरहेका छन् ।

पानी पर्दा खाडलमा धमिलो पानी भरिने गरेको छ । चालकहरूले बाटो नदेखिनुले सवारी दुर्घटना बढेको  छ ।

त्यति मात्रै होइन, खराब सडकका कारण सडकपेटीबाट हिँड्ने नागरिकको सास्ती भनिसाध्य छैन। हिउँदामा धुवाँ, धुलोको मार छ भने यतिबेला हिलोको समस्या बढेको छ ।

पछिल्लो पटक सडकका नाममा काठमाडौं महानगरपालिका र सडक विभागबीच द्वन्द्वको अवस्था छ । तर काठमाडौंका म्हेपी, गोंगबु र विष्णुमती कोरिडोरका सडकतिर दुवै निकायले नजर नलागउँदाको सास्ती वर्णन गरी साध्य छैन ।

 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  २ : ३९ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित