हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार प्रदान गरिने « Khabarhub

हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार प्रदान गरिने


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

सुनसरी– हङकङमा बसोबास गर्ने नेपालीभाषी साहित्यकारहरूले ‘हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार’ स्थापना गरेका छन् ।

सन् २०१२ देखि हङकङमा मासिक रूपमा निरन्तर ‘हङकङ साहित्यिक साझा श्रृङ्खला’ सञ्चालन गर्दै आएको १२ वर्षपछि अक्षयकोष स्थापना गरेर नेपाली साहित्यकारहरूलाई पुरस्कार दिने घोषणा गरेको हो ।

संस्थाका संरक्षक दाजु गुरुङका अनुसार हङकङ साहित्यिक साझा श्रृङ्खलाले नेपाली वाङ्मय क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टाहरूलाई पुरस्कृत गर्ने उद्देश्यले ‘हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार’ स्थापना गरेको हो ।

उनले भने, ‘पुरस्कार भने हङकङबाहिर जुनसुकै भूगोलमा रहेर नेपाली साहित्यमा विशिष्ट योगदान दिएका एकजना स्रष्टालाई प्रदान गरिनेछ ।’ पुरस्कार राशि नगद ५५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ ।’ हङकङ साहित्यिक साझा श्रृङ्खलाका संयोजक रमन गुरुङले पुरस्कार यसै वर्षदेखि प्रदान गरिने निर्णय भएको बताए ।

लामो समयसम्म बेलायतको उपनिवेशको रूपमा रहेको हङकङ सन १९९७ पछि जनवादी गणतन्त्र चीनको विशेष प्रशासनिक क्षेत्रको रूपमा रहेको छ । सन् १९९७ अगाडि बेलायतले आफ्नो ब्रिटिश गोर्खा सेना हङकङमा तैनाथ गरेको बेला हङकङमै जन्मेका नेपालीका सन्तानलाई पनि हङकङ आइडी दिएको थियो । त्यसयता पनि हङकङलाई नेपालीहरूले रोजगारीको गन्तव्य बनाइरहेका छन्‌ ।

अल्पसङ्ख्यकको रूपमा हङकङमा करिब ४५ हजार नेपालीहरूको बसोबास छ । त्यहाँ बसोबास गर्नेमध्ये केहीले डायस्पोरिक नेपाली साहित्यलाई निरन्तरता दिँदै आएका छन् । हङकङमा रहेर नेपाली वाङ्मयको उन्नयनमा योगदान दिने साहित्यकारहरू १०० सयभन्दा बढी छन् ।

नेपाली वाङ्मयको संरक्षण तथा सम्वद्र्धनका लागि साझा श्रृङ्खलाले विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरू भेला भएर साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आइरहेको सहसंयोजक रोशन याक्सोले बताए ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  २ : ०३ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२