राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची « Khabarhub

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११:१५ बजे बस्ने आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ९ : ५१ बजे

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको

नेपाल–भुटान–भारतको ‘टनेल २६’ असोज २३ देखि हलमा

काठमाडौं- नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको हरर फिल्म