सुनसरीमा आँप उत्पादन घट्यो | Khabarhub Khabarhub

सुनसरीमा आँप उत्पादन घट्यो


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

धरान– जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा  मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए । 

 उनले भने, ‘कीराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो । उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ । खुद्रा प्रतिकेजी ५५ सम्ममा बिक्री हुने आँप अहिले प्रतिकेजी ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ ।’ गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको उनले बताए।

केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय २४ हेक्टर क्षेत्रफलमा सात हजार एक सय ८६ मेट्रिक टन आँप उत्पादन भएको छ । गत वर्ष एक हजार एक सय २४  हेक्टरमा सात हजार पाँच सय ६५ मेट्रिक टन उत्पादन भएको थियो ।

जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहालगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन् । अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोगलगायत आँप बिक्री हुने गरेको छ । जिल्लामा व्यावसायिक रूपमा किसानले आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले बताए। 

 आँपको एक वर्ष राम्रो फल लाग्ने र अर्को वर्ष फल कम लाग्ने भएकाले पनि उत्पादनमा कमी आएको जनाइएको छ । 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १० : ५६ बजे

अखाद्य पदार्थ भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकलाई कारबाही, २ लाख जरिवाना

काठमाडौं– काठमाडौँ महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’

ऊर्जामन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता, शतप्रतिशत नतिजा ल्याउन मन्त्री खड्काको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३

हैजा तथा तथा झाडापखाला सङ्क्रमण रोक्न रेडक्रसको सहयोग

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले  वीरगञ्जमा फैलिएको हैजा तथा झाडापखाला सङ्क्रमण

मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेट

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेपालका लागि इजरायली

बीवाईडीको याङवाङ यु९ ट्रयाक एडिसनले राख्यो ४७२.४१ किमी प्रतिघण्टाको नयाँ ग्लोबल ईभी टप-स्पिड रेकर्ड

काठमाडौं– बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा