अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय साउन २३ मा आउने  « Khabarhub

अग्नि सापकोटाविरुद्धको मुद्दाको निर्णय साउन २३ मा आउने 


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध रिटमा आगामी साउन २३ गते निर्णय सुनाइने भएको छ ।

उक्त रिट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर निर्णय सुनाउने मिति तय भएको थियो । यसअघि असार १२ गते निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको दाबीसहित तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझको कृष्ण मा.वि. व्यवस्थापन समितिका अध्यक्ष रहेका लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १ : २६ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले