एकीकृत समाजवादीको केन्द्रीय समितिमा परेनन् प्रेम आले « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय समितिमा परेनन् प्रेम आले

महाधिवेशन बहिष्कार गरेर हिँडेका थिए भारततिर


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीको जारी दशौँ ममहाधिवेशनबाट ९३ जनाको नाम केन्द्रीय समिति सदस्यका रुपमा घोषणा हुँदा प्रेम आले छुटेका छन् ।

डोटीबाट प्रतिनिधि सभाका सदस्य एवम् पूर्व संस्कृति तथा पर्यटनमन्त्री आलेलाई समाजवादीले ९३ जना केन्द्रीय समिति सदस्यको सूचीबाट बाहिर राखेको हो ।

समाजवादीको विधानअनुसार केन्द्रीय समिति २९९ सय सदस्यीय हुन्छ । तर समाजवादीको पहिलो सूचीबाटै आले आउट भएका हुन् ।

पछिल्लो समय अध्यक्ष माधकुमार नेपालसँग असन्तुष्ट उनले महाधिवेशन बहिष्कार गरेका थिए। महाधिवेशन बहिष्कार गरेका उनी भारतमा घुमिरहेका थिए ।

प्रज्ञा भवन कमलादीमा जारी दशौँ महाधिवेशनले ३ पदाधिकारीसहित ९३ जना केन्द्रीय सदस्य घोषणा गर्दा आले भने एउटा बैठकमा भएको बताइरहेका थिए ।

यसबारेमा उनलाई खबरहबले प्रश्न गर्दा जवाफ दिन मानेनन् । ‘म अहिले एउटा मिटिङमा छु’, उनले भने, ‘यसबारेमा म पछि कुरा गरौँला ।’

२०७७ भदौमा नेकपा एमाले फुटेपछि उनी एकीकृत समाजवादीमा लागेर मन्त्रीसमेत भएका थिए ।

एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक उनको समाजवादीमा पनि सुरुदेखि नै अध्यक्ष माधव नेपालसँग मनमुटाव थियो ।

एमालेमा रहँदा नेपालकै गुटमा रहेका आलेले किन महाधिवेशन बहिष्कार गरे भन्ने खुल्न सकेको छैन । तर उनले समाजवादीलाई पिँध नभएको लोटा भन्दै आलोचना गरिरहेका छन् ।

यता महाधिवेशनमा आले भारततिर

यही आइतबार काठमाडौंमा दशाैँ महाधिवेशन उद्घाटन भइरहँदाआले भने भारत यात्रामा थिए । उनले आफू भारतमा रहेको सन्देश दिने गरी फेसबुकमा फोटोहरू पनि हालेका छन् ।

समाजवादी फुटाउन लागेको चर्चाबीच आलेको महाधिवेशन बहिष्कारलाई अर्थपूर्ण मानिएको छ । समाजवादीका ४ देखि ६ जना सांसद एमालेतिर फर्किन खोजेको चर्चाबीच अध्यक्ष नेपालले त्यसलाई असफल पार्न सफल भएको जवाफ पत्रकारहरूलाई दिएका थिए ।

डाेटीबाट प्रतिनिधि सभामा दोहोरिएका आले मन्त्री बन्न चाहन्थे । तर मन्त्री हुन नपाएपछि रुष्ट उनले महाधिवेशन नै बहिष्कार गरेपछि पहिलो लटको केन्द्रीय सदस्यको सूचीमा उनलाई समावेश नगरिएको हो ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ५ : १४ बजे

‘आदिवासी जनजातिको हक, अधिकार स्थापित गर्न प्रतिबद्ध छौँ’ 

काठमाडौं– बिभिन्न दलका सांसदहरूले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार स्थापित

देउवा-आरजुविरुद्ध पक्राउ प्रक्रियामै सरकारको अनेक त्रुटि, सर्वोच्चले उठायो गम्भीर प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र आरजु राणाविरुद्ध जारी

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न