नेयमार मैदान नउत्रिएको खेलमा पीएसजी पराजित « Khabarhub

नेयमार मैदान नउत्रिएको खेलमा पीएसजी पराजित


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सको च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गए राति भएको लिग वानको खेलमा रेनेससँग अप्रत्यासित हार व्यहोरेको छ । रेनेसको घरेलु मैदानमा भएको खेलमा पाहुनाा टोली पीएसजी २–१ गोल अन्तरले पराजित भएको हो ।

युवा स्टार किलियन एमबाप्पे, इडिन्सन काभानी र एन्जल डि मारियाले अग्रपङ्ती सम्हालिरहँदा पनि पीएसजीले हार व्यहोर्नु पर्‍यो  । खेलको ३६ औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए त्यसको ठीक ९ मिनेट पछि अर्थात ४४ औं मिनेटमा पीएसजीविरुद्ध रेनेसका एम्बाय निआङले गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

पहिलो हाफमा १–१ बराबरी सकिएको खेलको ४८ औं मिनेटमा रेनेसका रोमाइन डेल क्यास्टील्लोले उत्केष्ट गोल गर्दै पीएसजीलाई २–१ ले पछि पारेका थिए ।

दोस्रो हाफको शुरुवातमै २–१ को अग्रता बनाएको रेनेसविरुद्ध पीएसजीले गोल फर्काउन नसक्दा पराजित हुनु पर्‍यो  । पीएसजीले लिग वानको यो सिजनको शुरुवाती २ खेलमा १ मा जीत र १ मा हार व्यहोरेको छ । रेनेसविद्धको खेलमा स्टार खेलाडी नेयमार मैदान उत्रिएका थिएनन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १२ : १९ बजे

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४