नेयमार मैदान नउत्रिएको खेलमा पीएसजी पराजित « Khabarhub

नेयमार मैदान नउत्रिएको खेलमा पीएसजी पराजित


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सको च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गए राति भएको लिग वानको खेलमा रेनेससँग अप्रत्यासित हार व्यहोरेको छ । रेनेसको घरेलु मैदानमा भएको खेलमा पाहुनाा टोली पीएसजी २–१ गोल अन्तरले पराजित भएको हो ।

युवा स्टार किलियन एमबाप्पे, इडिन्सन काभानी र एन्जल डि मारियाले अग्रपङ्ती सम्हालिरहँदा पनि पीएसजीले हार व्यहोर्नु पर्‍यो  । खेलको ३६ औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए त्यसको ठीक ९ मिनेट पछि अर्थात ४४ औं मिनेटमा पीएसजीविरुद्ध रेनेसका एम्बाय निआङले गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

पहिलो हाफमा १–१ बराबरी सकिएको खेलको ४८ औं मिनेटमा रेनेसका रोमाइन डेल क्यास्टील्लोले उत्केष्ट गोल गर्दै पीएसजीलाई २–१ ले पछि पारेका थिए ।

दोस्रो हाफको शुरुवातमै २–१ को अग्रता बनाएको रेनेसविरुद्ध पीएसजीले गोल फर्काउन नसक्दा पराजित हुनु पर्‍यो  । पीएसजीले लिग वानको यो सिजनको शुरुवाती २ खेलमा १ मा जीत र १ मा हार व्यहोरेको छ । रेनेसविद्धको खेलमा स्टार खेलाडी नेयमार मैदान उत्रिएका थिएनन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १२ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै