मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी « Khabarhub

मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मलेसिया– मलेसियाको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा ग्यास चुहावट भएपछि कम्तीमा ३९जना बिरामी परेको अल जजिराले शुक्रबार स्थानीय अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ ।

घटनाको रिपोर्टको जवाफ दिँदै अग्नि नियन्त्रण सेवाले विमानस्थलको यात्रु टर्मिनलबाट छुट्टै विमान इन्जिनियरिङ सुविधामा रासायनिक चुहावट भएको जनाएको छ ।

ग्यास चुहावटका पीडितहरूलाई चक्कर आउने वाकवाकी लाग्नेलगायतका समस्या भएको स्थानीय उद्धार अधिकारी मुहम्मद नूर खैरी सामसुमिनले विज्ञप्तिमा उल्लेख गरे ।

अधिकारीले एक बिरामीलाई अस्पतालमा भर्ना गरिएको र  अन्य १४ जनालाई उपचारका लागि एयर डिजास्टर युनिटमा लगिएको बताएका छन् ।

प्रभावित व्यक्तिहरू सबै उक्त स्थल प्रयोग गर्ने तीन वटा कम्पनीमा कार्यरत छन् ।

अधिकारीका अनुसार सार्वजनिक सुरक्षामा कुनै खतरा बढेको छैन भने घटनाले यात्रु वा उडानलाई असर पनि गरेको छैन । प्रहरीका अनुसार नौ वर्षदेखि बेवास्ता गरिएको स्किड ट्याङ्क ग्यास चुहावटको स्रोत थियो ।

मुहम्मद नूरका अनुसार चुहावट भएको ग्याँस मिथाइल मर्काप्टानको रूपमा पहिचान गरिएको थियो र तरल पेट्रोलियम ग्यासमा मिसाइन्छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ६ : ५२ बजे

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : हर्क साम्पाङ

खोटाङ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस

म्याग्दी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एनपीएल विजेता टोलीलाई राष्ट्रपतिले दिए बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को

युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राजदूत बर्लिनमा भेट्दै

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले