विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ « Khabarhub

विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

रोम – विश्व खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले शुक्रबार बताएको छ । एफएओले सन् २०२४ मा विश्वव्यापी अनाज उत्पादन सर्वकालीन उच्चमा पुग्ने प्रक्षेपण गरेको छ ।

व्यापक एफएओ खाद्य मूल्य सूचकाङ्क गत महिना औसत एक सय २० दशमलव छ अङ्क थियो । यो मे महिनादेखि करिब अपरिवर्तित थियो । तथापि सन् २०२३ को तुलनामा सूचकाङ्क दुई दशमलव एक प्रतिशत कम रहेको थियो ।

एफएओका अनुसार गहुँको बलियो फसल र उत्तरी गोलार्धमा अनुकूल बढ्दो अवस्थाका कारण सूचकाङ्कको सबैभन्दा ठूलो घटक अनाजको मूल्य मेको तुलनामा तीन प्रतिशतले घटेको छ । सोही अवधिमा माग घटेका कारण चामल र मकैको मूल्य घटेको हो ।

पाम तेलको माग बढेका कारण मेको तुलनामा तरकारी तेलको मूल्य तीन दशमलव एक प्रतिशतले बढेको छ । जैविक इन्धन क्षेत्रको बढ्दो मागले सोया र सूर्यमुखी तेलको मूल्यको दबाबमा योगदान पु-याएको थियो ।

जुन महिनामा दुग्ध उत्पादनको मूल्य मेको तुलनामा एक दशमलव दुई प्रतिशतले बढेको र अघिल्लो वर्षको तुलनामा छ दशमलव छ प्रतिशतले बढेको छ । बढ्दो विश्वव्यापी मागका कारण मक्खनको मूल्य दुई वर्षयताकै उच्चस्तरमा पुगेको छ । यद्यपि, पश्चिमी यूरोपमा उत्पादन घटेको र ओशिनियामा कम इन्भेन्टरीहरूले मूल्यहरूमा माथिल्लो दबाबमा योगदान पु-याएको थियो ।

चिनीको मूल्य अघिल्लो महिनाको तुलनामा एक दशमलव नौ प्रतिशतले बढेको छ र लगातार तीन महिनाको गिरावटपछि पुनः वृद्धि भएको छ । यो वृद्धि मुख्यतया विश्वको अग्रणी चिनी उत्पादक ब्राजिलमा फसलको चिन्ताको कारण हो ।

एफएओले सन् २०२४ मा विश्वव्यापी अनाज उत्पादनका लागि आफ्नो पूर्वानुमानलाई दुई अर्ब ८५ करोड ४० लाख टनको रेकर्ड उच्चमा परिमार्जन गरेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ८ : ३७ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ