रवि लामिछाने पक्राउ परेपछि जारी आन्दोलनलाई निरुत्साहित पार्न कांग्रेस, नेकपा एकमत « Khabarhub

रवि लामिछाने पक्राउ परेपछि जारी आन्दोलनलाई निरुत्साहित पार्न कांग्रेस, नेकपा एकमत


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको पक्षमा भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्ने निर्णय चितवनका राजनीतिक दलहरुले गरेका छन् ।

आइतवार चितवनका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको सर्बपक्षीय बैठकले न्याय सम्पादनमा असर पुग्ने काम कहिँ कतैबाट हुन नदिनेतर्फ सचेत रहन अपिल समेत गरेको छ ।

बैठकमा सत्तारुढ दल नेकपाका चितवन अध्यक्ष यमबहादुर परियार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशी, चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आइवार साँझ बसेको बैठकले चितवनमा पक्ष वा विपक्षमा हुने प्रदर्शनलाई निरुत्साहित गर्ने, शान्ति सुरक्षा, निश्पक्ष न्याया सम्पादन खलल पार्ने गरी हुने प्रदर्शन र तोडफोड लगायतका कार्यलाई निरुत्साहित गर्ने भनिएको छ ।

अदालतले थप अनुसन्धानका लागि समय दिएको समयमा अदालती प्रकृयामा असर गर्ने गरी कुनै पनि काम नगर्न सबैमा बैठकले अपिलसमेत गरेको छ ।

पुडासैनी मृत्यु प्रकरणमा मुछिएपछि सञ्चारकर्मी रवि लामिछानेसहितका तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको थियो । विहीवार पक्राउ गरेर चितवन लगिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै शुक्रवार पाँच दिनको समय दिएको थियो ।

लामिछाने पक्राउ परेको विरोधमा उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन जारी राखेका छन् भने प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्थासमेत बनेपछि जिल्लाको शान्तिसुरक्षा र निश्पक्ष न्याय निरुपणमा दवाव दिन नहुने विषयमा जिल्लामा क्रियाशिल राजनीतिक दलहरु एक मत भएका हुन् ।

निषेधाज्ञा जारी

यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । रविको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

विहीवारदेखि दैनिकजसो प्रदर्शन, ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले चितवनको भरतपुरस्थित चौबिसकोठीदेखि मालपोचतोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

उक्त क्षेत्रमा नारा जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लागएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १ : १४ बजे

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण

बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर

‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका

रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार खगिन्द्रा खुशीलाई

काठामाडौं- ‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौं– सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न