रवि लामिछाने पक्राउ परेपछि जारी आन्दोलनलाई निरुत्साहित पार्न कांग्रेस, नेकपा एकमत « Khabarhub

रवि लामिछाने पक्राउ परेपछि जारी आन्दोलनलाई निरुत्साहित पार्न कांग्रेस, नेकपा एकमत


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेको पक्षमा भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्ने निर्णय चितवनका राजनीतिक दलहरुले गरेका छन् ।

आइतवार चितवनका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको सर्बपक्षीय बैठकले न्याय सम्पादनमा असर पुग्ने काम कहिँ कतैबाट हुन नदिनेतर्फ सचेत रहन अपिल समेत गरेको छ ।

बैठकमा सत्तारुढ दल नेकपाका चितवन अध्यक्ष यमबहादुर परियार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशी, चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा आइवार साँझ बसेको बैठकले चितवनमा पक्ष वा विपक्षमा हुने प्रदर्शनलाई निरुत्साहित गर्ने, शान्ति सुरक्षा, निश्पक्ष न्याया सम्पादन खलल पार्ने गरी हुने प्रदर्शन र तोडफोड लगायतका कार्यलाई निरुत्साहित गर्ने भनिएको छ ।

अदालतले थप अनुसन्धानका लागि समय दिएको समयमा अदालती प्रकृयामा असर गर्ने गरी कुनै पनि काम नगर्न सबैमा बैठकले अपिलसमेत गरेको छ ।

पुडासैनी मृत्यु प्रकरणमा मुछिएपछि सञ्चारकर्मी रवि लामिछानेसहितका तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको थियो । विहीवार पक्राउ गरेर चितवन लगिएका उनीहरुलाई अदालतले थप अनुसन्धानका लागि भन्दै शुक्रवार पाँच दिनको समय दिएको थियो ।

लामिछाने पक्राउ परेको विरोधमा उनका समर्थकहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन जारी राखेका छन् भने प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्थासमेत बनेपछि जिल्लाको शान्तिसुरक्षा र निश्पक्ष न्याय निरुपणमा दवाव दिन नहुने विषयमा जिल्लामा क्रियाशिल राजनीतिक दलहरु एक मत भएका हुन् ।

निषेधाज्ञा जारी

यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । रविको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

विहीवारदेखि दैनिकजसो प्रदर्शन, ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले चितवनको भरतपुरस्थित चौबिसकोठीदेखि मालपोचतोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

उक्त क्षेत्रमा नारा जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लागएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १ : १४ बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको