ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध | Khabarhub Khabarhub

ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

बलेवा– अविरल वर्षसँगै आएको पहिरोले जिल्लाको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरिएको छ । 

जैमिनी–१ र वडा नं ४ को बीच भएर बग्ने ठेउलेखोलामा निर्माण भएको जलविद्युत् आयोजनाको बाँध पहिरोका कारण पुरिएको हो । 

कुश्मिसेरा, सुर्कवा व्याडथला सडकखण्डमा आएको पहिरोले उक्त बाँधमा क्षति पुर्‍याएको बारही हाइड्रोपावरका प्रशासन प्रमुख लिलानाथ पौडेलले बताए । पहिरोका कारण बाँध पुरिँदा विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको उनले जानकारी दिए। उनले १.५ मेगावट विद्युत् उत्पादन हुने आयोजनालाई पुनःसञ्चालन गर्न समय लाग्ने बताए ।

पहिरोले जैमिनी नगरपालिकाको केन्द्रबिन्दु कुश्मिसेराबाट सर्कुवा, जैदी, अर्जेवा, विनामारे, व्याडथाला जाने सडक पूर्णरुपमा अवरुद्ध भएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए। जैमिनीको केन्द्रविन्दुबाट सबै वडा जाने ग्रामीण सडक बन्द भएका छन् ।

उपप्रमुख शर्माले भने, ‘यसै वर्ष स्तर वृद्धि गरेर कालेपत्र र ढलान गरिएको कुश्मिसेरा–सर्कुवा–व्याडथला खण्डमा गएको पहिरोले जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । अविरल वर्षा भइरहेकाले तत्काल सडक स्तरोन्नति गरी सञ्चालन गर्ने अवस्था छैन ।’ 

जैमिनी नगरपालिको केन्द्रबाट जाने अधिकांश सडक पहिरोले अवरुद्ध बनेका उनले जानकारी दिए । उपप्रमुख शर्माका अनुसार कालिगण्डकी करिडोर खण्डको विनामारेमा सडक माथिबाट आएको लेदोसहितको पहिरोले करिडोर अवरुद्ध बनेको छ । 

वर्षाका कारण जिल्लाको गलकोटबाट हिल हुँदै ताराखाला जाने सडक पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। 

बागलुङ हुँदै म्याग्दीको बेनीबजार जाने खण्डअन्तर्गत बागलुङ नगरपालिका–४ बान्द्रेमा सडक माथिबाट आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले बताए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ४ : २४ बजे

संस्कृति र सम्पदाको अनुसन्धान बढाइनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा ४ जनालाई मृत्युदण्ड

काठमाडौँ– पाकिस्तानमा अनलाइनमा ईश्वरको निन्दा गर्ने सामग्री प्रकाशन गरेको आरोपमा

त्रिवी शिक्षण अस्पतालको निर्देशकमा ४ जनाले दिए आवेदन 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक बन्न ४ जना

तत्काल लोकतन्त्र पुनर्बहाली गर्न बङ्गलादेशलाई ह्युमन राइट्स वाचको आग्रह

काठमाडौँ– मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले तत्काल लोकतन्त्र पुनर्बहाली

सभापति खतिवडालाई कर्मचारीकाे पत्र- हाम्रो अधिकार तलमाथि नहोस्  

काठमाडौं– संघीय निजामती सेवा ऐनको मस्यौदामाथि छलफल चलिरहेका बेला नेपाल