इजाजतमै थन्कियो ‘दासढुंगा २’, नबन्ने सम्भावना बढी | Khabarhub Khabarhub

इजाजतमै थन्कियो ‘दासढुंगा २’, नबन्ने सम्भावना बढी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रित हत्याकाण्डमा आधारित फिल्म ‘दासढुंगा २’ निर्माण हुने विषयले केही समयदेखि चर्चा पाएको थियो । निर्माण टिमले अहिले नेकपाकै सरकार भएकाले पनि सरकारी तबरबाट साथ पाउने अपेक्षा गरेको थियो ।

तर राष्ट्रपति विद्यादेवी भण्डारीको आपत्तिपछि यो फिल्म नबन्ने संकेत देखिएको छ ।

मदन भण्डारी र आश्रितको जीप दुर्घटनामा परेर वि.सं. २०५० साल जेठ ३ गते रहस्यमय हत्या भएको थियो । यही विषयमा आधारित रही चलचित्र ‘दासढुंगा’ निर्माण भइसकेको छ ।

यसैबीच निर्माण टिमले भने ‘दासढुंगा २’ छायांकनका लागि बोर्डले इजाजत नदिएको बताएको छ । फिल्मका लेखक तथा निर्देशक कुमार भट्टराईका अनुसार मदन भण्डारी प्रतिष्ठानले फिल्म निर्माणमा असहमति जनाएको बताएका छन् ।

निर्देशक भट्टराईका अनुसार राष्ट्रपति कार्यालयले पनि यो फिल्म निर्माणमा रोक लगाएको छ ।

फिल्मको कथासारले यतिबेला सत्तामा रहेको दल नै कमजोर भएको देखाएपछि राष्ट्रपति भण्डारीले आपत्ति जनाएको स्रोतले जनाएको छ ।

बोर्डका एक सदस्यका अनुसार प्रतिष्ठान र राष्ट्रपति निवासले ‘दासढुंगा २’ को कथामा नै आपत्ति जनाउँदै फिल्म निर्माणमा रोक लगाउन खोजेको छ ।

यता निर्देशकले भने फिल्मका लागि सबै कुराको तय भइसकेको र छाया‍ंकनमा जाने तयारीमा आफूहरू रहेको तर समयमा इजाजत नपाउँदा आफूहरू अन्यौलमा परेको बताएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १ : ५७ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना