इजाजतमै थन्कियो ‘दासढुंगा २’, नबन्ने सम्भावना बढी « Khabarhub

इजाजतमै थन्कियो ‘दासढुंगा २’, नबन्ने सम्भावना बढी


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रित हत्याकाण्डमा आधारित फिल्म ‘दासढुंगा २’ निर्माण हुने विषयले केही समयदेखि चर्चा पाएको थियो । निर्माण टिमले अहिले नेकपाकै सरकार भएकाले पनि सरकारी तबरबाट साथ पाउने अपेक्षा गरेको थियो ।

तर राष्ट्रपति विद्यादेवी भण्डारीको आपत्तिपछि यो फिल्म नबन्ने संकेत देखिएको छ ।

मदन भण्डारी र आश्रितको जीप दुर्घटनामा परेर वि.सं. २०५० साल जेठ ३ गते रहस्यमय हत्या भएको थियो । यही विषयमा आधारित रही चलचित्र ‘दासढुंगा’ निर्माण भइसकेको छ ।

यसैबीच निर्माण टिमले भने ‘दासढुंगा २’ छायांकनका लागि बोर्डले इजाजत नदिएको बताएको छ । फिल्मका लेखक तथा निर्देशक कुमार भट्टराईका अनुसार मदन भण्डारी प्रतिष्ठानले फिल्म निर्माणमा असहमति जनाएको बताएका छन् ।

निर्देशक भट्टराईका अनुसार राष्ट्रपति कार्यालयले पनि यो फिल्म निर्माणमा रोक लगाएको छ ।

फिल्मको कथासारले यतिबेला सत्तामा रहेको दल नै कमजोर भएको देखाएपछि राष्ट्रपति भण्डारीले आपत्ति जनाएको स्रोतले जनाएको छ ।

बोर्डका एक सदस्यका अनुसार प्रतिष्ठान र राष्ट्रपति निवासले ‘दासढुंगा २’ को कथामा नै आपत्ति जनाउँदै फिल्म निर्माणमा रोक लगाउन खोजेको छ ।

यता निर्देशकले भने फिल्मका लागि सबै कुराको तय भइसकेको र छाया‍ंकनमा जाने तयारीमा आफूहरू रहेको तर समयमा इजाजत नपाउँदा आफूहरू अन्यौलमा परेको बताएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १ : ५७ बजे

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं– यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । 

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘लालीबजार’भन्दा अगाडि ‘गौँथली’, पहिला स्वस्तिमाकै सहायक कलाकार थिइन् सिम्रन

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’लाई उछिन्दै ‘गौँथली’ यो