काठमाडौंमा मनसुन कहर : बालकुमारीदेखि थापाथलीसम्म डुबानमा (तस्बिरहरू) « Khabarhub

काठमाडौंमा मनसुन कहर : बालकुमारीदेखि थापाथलीसम्म डुबानमा (तस्बिरहरू)


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाका नदी किनार मनसुन कहरमा परेका छन्‌ । तटीय क्षेत्रका बजारदेखि आवासीय क्षेत्रसम्म बाढी पसेको छ ।

पसलकबलमा पानी पस्दा धनमाल क्षति भएको छ भने मानिसहरूलाई आवतजावतमा समेत कठिनाइ भएको छ । च्यासलस्थित नेकपा (एमाले) पार्टी कार्यालयदेखि टेकु आवास क्षेत्र हुँदै बल्खु तरकारी बजार यतिखेर बाढीको चपेटामा परेको छ ।

शुक्रबार रातिदेखि परिरहेको बर्खे झरीका कारण उपत्यकाका नदीहरूको सतह सतर्कता र खतराकै तह पार गरी उर्लंदैछ ।

उपत्यकाका दुई प्रमुख नदी बागमती र विष्णुमति किनारका बस्तीभित्र बाढी पसेको छ । दक्षिण-पूर्वतिर बालकुमारी, च्यासल हुँदै थापाथलीसम्म बाढीको ताण्डव छ ।

बाढीग्रस्त भक्तपुरको हनुमन्ते खोला समेत मिसिएपछि मुस्लिएको बागमती नदीले बालकुमारीदेखि थापाथलीसम्मको नदी किनार क्षेत्र डुबानमा पारेको हो ।

तस्बिरहरूः

 

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ५ : ५० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन