देशभर बाढी, पहिरो र डुबान (फोटो फिचर) « Khabarhub

देशभर बाढी, पहिरो र डुबान (फोटो फिचर)


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।

देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए। विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका छन्। अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका छन्। अन्य विवरण आउन बाँकी छ।

अविरल वर्षापछि नवलपरासी गैँडाकोट–२ बोटेटोलमा शनिबार पसेको नारायणी नदीको बाढी । बस्तीमा बाढी पस्दा करिब १०० घरका ४०० जना प्रभावित भएका छन् । 

भारी वर्षाका कारण शनिबार देशभरकै जनजीवन प्रभावित भएको छ। कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ। काठमाडौँमा वर्षा रोकिने र फेरि सुरुहुनेक्रम जलिरहेको छ। देशका कतिपय जिल्लामा वर्षा भइरहेको छ।

लगातार वर्षा हुँदा काठमाडौँ टोखा नगरपालिका- ९ स्थित नयाँ बसपार्क छेउमा देखिएको विष्णुमती नदीमा जल सहत  । 

तस्बिर : रासस

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ६ : १२ बजे

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा

काठमाडौं- सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी

किसान परिचयपत्र वितरण गर्दै वैदेशिक रोजगारबाट फर्किएकालाई कृषिमा आकर्षण गरिने

काठमाडौं- सरकारले किसान परिचयपत्र दिने भएको छ । सरकारले सहुलियतमा

आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने सरकारको घोषणा

काठमाडौं- नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवामा न्यूनतम मापदण्ड लागू गर्ने

एनआरएन चिकित्सकको दर्ता खारेज गर्ने निर्णयप्रति चिकित्सक संघको आपत्ति

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको दर्ता

साइबर सुरक्षा र डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई गठन गरिने

काठमाडौं- सरकारले साईबर सुरक्षा डिजिटल अपराधलाई न्यूनीकरण गर्न विशेष इकाई