एमालेको निर्णय : प्रचण्ड अल्पमतमा परेर कामचलाउ भइसके, तत्काल राजीनामा गरुन् | Khabarhub Khabarhub

एमालेको निर्णय : प्रचण्ड अल्पमतमा परेर कामचलाउ भइसके, तत्काल राजीनामा गरुन्


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परिसकेकाले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ ।

संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पदमा बसिरहनु अनुचित हुने बताए ।

‘संसदीय दलले नयाँ सरकारका लागि कांग्रेसको पहलको स्वागत गरेको छ । कांग्रेसले स्थिर सरकार बनाउन खेलेको भूमिकामा लागि धन्यवाद दिएको छ’, उनले भने, ‘प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि स्पष्ट अल्पमतमा परेको छ। यो सरकारले अझै पनि राजीनामा दिएको छैन । यो सरकारले राजीनामा नदिनु गलत हो ।’

उनले प्रधानमन्त्री प्रचण्ड कामचलाउमा परिणत भइसकेको बताएका छन् । ‘कामचलाउ बनिसकेका प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नु आवश्यक छ’, उनले भने, ‘अल्पमतमा परेको सरकारले विभिन्न प्रकारका निर्णय गरिरहेको छ । यो सरकारले कुनै पनि निर्णय गर्न पाउँदैन। राष्ट्रहित र संविधान हितविपरीतका निर्णय नगर्न हामी आग्रह गर्छौँ ।’

प्रधानमन्त्री आजै र अहिले नै राजीनामा दिनुपर्ने पनि बताए । ‘उहाँले २८ गते संसद्‍मा विश्वासको मत माग्ने गरी पत्र पठाउनु भएको छ । २८ गते विपक्षमा एमालेले मतदान गर्छ’, उनले भने, ‘१० दिन, ७ दिन समय मागिरहनु भएको छ? देशलाई के का लागि त्यहाँ पुर्‍याउनु हुँदैछ। के का लागि अल्झाउन खोज्नु भएको छ । यो अनुचित कार्य हो ।’

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ११ : ५६ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न