‘नीलकण्ठ’ को मैथिली अनुवादलाई भारतीय साहित्य अकादमी पुरस्कार « Khabarhub

‘नीलकण्ठ’ को मैथिली अनुवादलाई भारतीय साहित्य अकादमी पुरस्कार



सुनसरी– दार्जिलिङको सेरोफेरोमा लेखिएको ‘नीलकण्ठ’ उपन्यास सन् २०२३ को भारतीय साहित्य अकादमी अनुवाद पुरस्कार हकदार बनेको छ । ‘नीलकण्ठ’ उपन्यासकार मत्स्येन्द्र प्रधानले ३९ वर्षअघि प्रकाशित गरेका थिए ।

नेपाली भाषामा लेखिएको सोही उपन्यासलाई कथाकार तथा नाट्य कलाकार मेनका मल्लिकले मैथिली भाषामा अनुवाद गरेकी हुन्‌ । सोही अनुवादित कृति सन् २०२३ को भारतीय साहित्य अकादमी अनुवाद पुरस्कारका लागि छनोटमा परेको हो ।

‘नीलकण्ठ’ प्रकाशित भएको एक वर्षपछि सन् १९८५ मा साहित्य अकादमी पुरस्करबाट सम्मानित गरिएको थियो । एउटै कृति पहिले नेपालीमा र पछि मैथिलीमा अनुवाद भएपछि पनि भारतीय साहित्य अकादमी पुरस्करबाट सम्मानित हुने सौभाग्य नीलकण्ठले पाएको हो ।

सन् २०१७ देखि २०२१ सम्म अन्य भारतीय भाषाबाट मैथिलीमा अनुवाद गरिएका पुस्तकहरूको उत्कृष्ट अनुवादका लागि ‘नीलकण्ठ’ छनोट भएको हो ।

उपन्यासमा दार्जिलिङ क्षेत्रको सन् १९८० को दशकको परिवेश, समाज र संस्कृतिको चित्रणलाई दार्जिलिङ निवासी प्रधानले ‘नीलकण्ठ’ उपन्यासमार्फत उजागर गरेका छन् । उपन्यासकार प्रधानको जन्म सन् १९३९ मा दार्जिलिङमा भएको थियो ।

अनुवादक मेनका मल्लिकको जन्म पुर्वी नेपालको झापाको ज्यामिडगढीमा भएपनि हाल उनी विहारको बेगूसरायमा बसोबास गरिरहेकी छिन् । मैथिली भाषामा उनका ६ कृतिहरू प्रकाशित छन् । उनी प्रसिद्ध लेखक प्रदीप बिहारीकी जीवनसंगिनी हुन् ।

नीलकण्ठ नेपाली भाषाको सामाजिक उपन्यास हो । यसमा संवेदनशील व्यक्तिले अरूको पीडाको अगाडि आफ्नो समस्या कसरी बिर्सन्छ र दुःख आफैं भोग्छ भन्ने चित्रण गरिएको छ ।

अरूलाई सहयोग गरेको कारण कथाका नायकले आफ्नो परिवार र समाजबाट तिक्तता भोगे पनि आफ्नो विचार र व्यवहारबाट कहिल्यै विचलित हुँदैनन् । आन्तरिक र बाह्य द्वन्द्वको अद्भुत समायोजन ‘नीलकण्ठ’ उपन्यासमा देख्न सकिन्छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : २९ बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय