एमालेको दाबी : धारा ७६ (२) बाटै ओली नेतृत्वमा सरकार बन्छ | Khabarhub Khabarhub

एमालेको दाबी : धारा ७६ (२) बाटै ओली नेतृत्वमा सरकार बन्छ


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेकपा एमालेले संविधानको धारा ७२ (२) बमोजिम नै बन्ने केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेको छ ।

नेपाली कांग्रेसपछि एमालेले पनि अबको सरकार संविधानको धारा ७२ (२) बमोजिम नै बन्ने दाबी गरेको हो ।

एमाले संसदीय दलको बैठकपछि प्रमुख सचेतक महेश बर्तौलाले सञ्चारकर्मीसँगको कुराकानीमा आगामी सरकार ७६ (२) बमोजिम नै बन्ने आधारहरू प्रस्तुत गरेका छन् ।

‘सर्वोच्च अदालतका नजिरहरू, संवैधानिक र राजनीतिक सबै कारणहरूले ७६ (२) अनुसार नै सरकार बन्छ,’ बर्तौलाले भने, ‘दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर राष्ट्रिय सरकार बनानउने भनिसकेपछि त्यो आधारबाट पनि हामी ७६ (२) अनुसार अगाडि बढ्न सक्छौँ ।’

प्रमुख सचेतक बर्तौलाले उक्त धाराअन्तर्गत सरकार बन्ने आधारहरू गण्डकी प्रदेश र कोशी प्रदेशका सरकारहरूलाई देखाएका छन् ।

‘अहिले गण्डकी प्रदेशको सरकार १६८ (२) बमोजिमको सरकार हो । पहिला खगराज अधिकारी नेतृत्वको सरकार १६८ (२) बमोजिमको थियो, अहिलेको सरकार पनि १६८ (२) कै छ,’ उनले भने, ‘कोशीमा १६८ (५) बमोजिम भयो । पछाडि अहिले त्यही धाराबमोजिमको सरकार बन्ने कुराको निरन्तरता रह्यो । सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तका आधारमा मैले यो भनेँ ।’

कांग्रेस ठूलो दल छ भन्ने आधारबाट ७६ (३) को सरकार बन्ने भनेर गरिएको ब्याख्यालाई उनले केवल भम छर्न गरिएको प्रयासमात्रै भनेका छन् ।

‘धारा ७६ (३) बमोजिम बन्छ भन्नु संविधानलाई भ्रमपूर्ण ब्याख्या गर्न खोजिएको विषय हो । नेपालको संविधानको धारा ७६ (२) बमोजिम बनाउन कांग्रेस र एमाले एउटा समझदारी बनाएर जाँदैछौँ भनेको अवस्थामा मुलुकलाई अस्थिरतातर्फ लैजान सकिन्छ कि भन्ने प्रयत्नबाट अर्को तर्क आएको छ,’ उनले भने, ‘त्योभन्दा बाहिर अरु कुनै पनि हिसाबले होइन । अन्य विषय भनेको केवल भ्रम छर्न खोजिएको मात्रै हो ।’

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : ४८ बजे

बायोपिक ‘क्याप्टेन साब’मा क्याप्टेन रामेश्वर थापाको भूमिकामा खगेन्द्र, नायिका सुरक्षा

काठमाडौं – क्याप्टेन रामेश्वर थापा बायोपिक ‘क्याप्टेन साब’ बन्ने भएका

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा– तिलोत्तमा-१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा