बालेनको भारत भ्रमणबारे भीम रावलले भने- सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियो « Khabarhub

बालेनको भारत भ्रमणबारे भीम रावलले भने- सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियो


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता स्वार्थका लागि विगतमा लम्पसार पर्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरेका छन् । 

बिहीबार रिपोटर्स क्लव नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता रावलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा देशको हित विपरीत सम्झौता भएको भन्दै सत्ता स्वार्थका लागि विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति विगतको जस्तै दोहरिएको टिप्पणी गरेका हुन् ।

उनले नेपालका प्राथमिकताप्राप्त आयोजनामा भारतलाई प्राथमिकता दिइने गरी १९५० को सन्दर्भको प्रावधान ब्युँताइएको आरोप लगाउँदै सरकार तथा प्रधानमन्त्रीसँग जवाफ माग गरे । 

भारतको सुरक्षासम्बन्धी निकायले तालिम–प्रशिक्षणका नाममा नेपाल प्रहरीभित्र भूमिका पाउने गरी प्रधानमन्त्रीले सम्झौता गरेको उनको भनाइ छ । 

नेता रावलले नेपालको देशभक्ति कुनै देशको विरोधमा नभई आफ्नै हितमा आधारित हुनुपर्ने उल्लेख गरे । उनले भारत भ्रमणका क्रममा राष्ट्रिय हित, सीमा विवाद र असमान सन्धिजस्ता संवेदनशील विषय नउठाइएको भन्दै सरकारको आलोचना गरे ।

उनले दुई जना पूर्व श्रममन्त्रीको गिरफ्तारीको प्रसङ्गमा रास्वपाका नेता पनि जोडिँदा किन कानुन आकर्षित नभएको भन्दै प्रश्न गरे । 

सुशासनका लागि कानुन मान्ने, विधिबाट चल्ने र मौलिक अधिकारको सम्मान गर्ने पहिलो दायित्व प्रधानमन्त्री, सरकार र गृह मन्त्रालयको रहेको उनको भनाइ छ । 

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ४ : ५२ बजे

साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

अछाम- अछामको साँफेबगरमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ। नयाँ

बालेनको भारत भ्रमणबारे भीम रावलले भने- सत्ता स्वार्थका लागि लम्पसार पर्ने प्रवृत्ति दोहोरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सत्ता

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै

पत्रकार राजेन्द्र विष्टको निधन

काठमाडौँ– प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ

बागमती प्रदेशले १० वर्षे विकास योजना बनाउने, मुख्यमन्त्रीको संयोजकत्वमा समिति

हेटौँडा- बागमती प्रदेश सरकारले प्रदेश स्थापनादेखि हालसम्म भएका कामको समीक्षा गर्दै