किन खाने पोलेको मकै ? यस्ता छन् फाइदा « Khabarhub

किन खाने पोलेको मकै ? यस्ता छन् फाइदा


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोलेको मकै, त्यसमाथि नुन र हरियो खुर्सानी पिसेर त्यसमा दलेर खाँदाको यसको स्वाद कसलाई मन नपर्ला र ? अहिले पनि वर्षायाम छ । यो मौसममा कतिपय मानिस तातो–तातो मकै खान मन रुचाउँछन् । यो मौसममा पोलेको मकै खाँदा धेरै फाइदा पाउन सकिन्छ । अहिले गाउँबाट केही सामान मगाउँदा पोलेको मकै पनि पठाइदिनुस् है  भनेको पनि सुनिन्छ ।

वास्तवमै पोलेको मकै खाँदा यसले स्वादमा धेरै प्रकारको फाइदा हुन्छ । मकै पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्दछ । यस बाहेक पोलेको मकै खानुको के छ त फाइदा ?

– पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो ।
– यसमा पाइने पर्याप्त मात्राको एन्टिअक्सिडेन्टले बढ्दो उमेरको लक्षणलाई रोक्छ ।
– पोलेको मकैमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरसँग लड्न मद्दत गर्छ ।
– पोलेको मकैले बच्चाहरूको शारीरिक र मानसिक विकासमा फाइदाजनक मानिन्छ ।
– यसमा कोलेस्ट्रोलको मात्रा नगण्य हुन्छ, त्यसैले पोलेको मकै खाँदा मुटु स्वस्थ रहन्छ ।
– मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्दा रुघाखोकीमा फाइदा हुन्छ ।
– साथै यसले खोकी लागेको पनि निको हुन्छ ।
– मकै खाइसकेपछि त्यसको खोया भाँचेर सुँघ्दा रुघाखोकी पनि निको हुन्छ ।
– पोलेको मकै खाँदा दाँत बलियो हुन्छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : ५२ बजे

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि