कोशी लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव गुरागाईं सिफारिस « Khabarhub

कोशी लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव गुरागाईं सिफारिस


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समिति बैठकले उनलाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

लामो समय निजामती सेवामा काम गरेका गुरागाईसँग लोकसेवा आयोगमा काम गरेको अनुभव छ ।

उनले दुई वर्षअघि सेवाबाट अवकाश लिएका थिए। तेह्रथुमको म्याङ्लुङ पुरानो घरका उनी मोरङको मंगलबारेमा बसोबास गर्छन् ।

सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी ब्यवस्था छ ।

प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोग अध्यक्षको समयावधि ६ वर्षको हुन्छ । यसअघिका अध्यक्ष उत्तम भट्टराईले उमेरहदका कारण अवकाश लिएका थिए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : १० बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो