माइक्रोवायोलोजीका विद्यार्थीलाई लाइसेन्स दिन परिषद्ले १५ दिनभित्रमा प्रक्रिया शुरु गर्ने | Khabarhub Khabarhub

माइक्रोवायोलोजीका विद्यार्थीलाई लाइसेन्स दिन परिषद्ले १५ दिनभित्रमा प्रक्रिया शुरु गर्ने


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँसबारीमा रहेको नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा (सोमवार) बिहान १० बजेदेखि १ बजेसम्म तनावको अवस्था सिर्जना भयो ।

त्रिवि अन्तर्गतका विभिन्न क्याम्पसहरुमा माइक्रोवायोलोजी विषयमा अध्ययनरत विद्यार्थीहरुले अध्ययन पूरा गरेकाहरुलाई लाइसेन्स नदिएको भन्दै परिषद् घेराउ गर्न पुगेका थिए ।

नेपालकै शैक्षिक संस्थाहरुमा माइक्रोवायोलोजीमा स्नातकोत्तर उत्तिर्ण गरेकाहरुलाई लाइसेन्स दिनुपर्ने माग गर्दै काठमाडौंका विभिन्न क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुले दिउँसो एक बजेसम्म परिषद्को कार्यलयमा नाराबाजी गरे ।

त्रिवि अन्तर्गतका विभिन्न क्याम्पसहरुमा माइक्रोवायोलोजी अध्ययन गरेका करिव २५ सय विद्यार्थीले लाइसेन्स नपाउँदा आफ्नो योग्यता र दक्षता अनुसारको काम गर्न नपाएको भन्दै उनीहरुले परिषद् घेराउ गरेका हुन् ।

लामो समयदेखि लाइसेन्स पाउनुपर्ने माग गर्दै आन्दोलनरत विद्यार्थीले सोमबार परिषद्को कार्यलयमा तालाबन्दी गर्ने तयारी नै गरेका थिए । परिषद्मा तालाबन्दी गर्ने तयारी भएपनि परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीले आन्दोलनरत संघर्ष समितिसँग छलफल गरेका थिए ।

परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीले माइक्रोवायोलोजीमा स्नातकोत्तर अध्ययन पूरा गरेका विद्यार्थीलाई लाइसेन्स दिने व्यवस्थाका लागि १५ दिनभित्र प्रक्रिया शुरु गर्ने आसश्वासन दिएको सुक्ष्मजीव विज्ञान विद्यार्थी संघका सचिव गोपीराम स्याङ्तानले बताए ।

‘हामीले पढ्ने विषय र कानूनको विषयमा अध्ययन गरेर प्रतिवेदन नै बुझाइ, लाइसेन्स दिने प्रक्रिया शुरु गर्न आग्रह गरेका थियौं तर उहाँहरुले वेवास्ता गर्नुभयो,’ संघका सचिव स्याङ्तानले खबरहबसँग भने, ‘‘हामीले आज ३ घण्टासम्म परिषद्मा लाइसेन्स पाउनुपर्ने माग गर्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद् घेराउ गर्‍यौं, परिषद्मा ताला लगाउन लागेपछि ३ घण्टापछि वार्ता गर्नुभयो र १५ दिनभित्र पहल गर्ने सहमति भयो ।’

परिषद्का अध्यक्ष भण्डारीले आन्दोलनरत विद्यार्थीहरुसँग १५ दिनभित्रमा माइक्रोवायोलोजी अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि त्रिवि विज्ञान तथा अध्ययन संस्थानको डिपार्टमेन्ट अफ माइक्रोवायोलोजीका प्रमुख  र आन्दोलनरत विद्यार्थीको संघर्ष समितिका प्रतिनिधिसँग छलफल गरी समस्या समाधानको बाटो खोज्न लिखित प्रतिवद्धता जनाएका छन् ।

दुईपक्षबीच माइक्रोवायोलोजी अध्ययनरत विद्यार्थीलाई लाइसेन्स उपलब्ध गराउन पहल गर्ने सहमति भएपछि विद्यार्थीहरुले आफ्ना आन्दोलन स्थगत गरेका छन् ।

त्रिवि अन्तगर्ततका १० वटा क्याम्पसहरुबाट वार्षिक १ सय ५० जना विद्यार्थीहरु माइक्रोवायोलोजी अध्ययन पूरा गर्छन् । तर उनीहरुले परिषदबाट लाइसेन्स पाएका छैनन् । हालसम्म २५ सय विद्यार्थीहरुले सो विषयमा अध्ययन पूरा गरिसकेको सुक्ष्म जीव विज्ञान विद्यार्थी संघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

त्रिवि र स्वास्थ्य व्यवसायी परिषदको विवादका कारण माइक्रोवायोलोजी पढेका जनशक्ति बेरोजगार

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ४ : २२ बजे

शिक्षामन्त्रत्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी

सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर मामाभाञ्जा बेपत्ता

इटहरी– सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका

सरकारको उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ  

काठमाडौं– नेपाल सरकारको  उपसचिव हुँ भन्दै ठगी गरेको आरोपमा एक जना

शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग

मादी नदी लिफ्ट खानेपानी योजना अधुरै

तनहुँ– व्यास नगरपालिका–१ मा निर्माण गर्न लागिएको मादी नदी लिफ्ट