धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता « Khabarhub

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिबारे सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियाबारे अगाडि नबढाउने अल्पकालीन अन्तरिम आदेशलाई सर्वोच्चले निरन्तरता दिएको छ।

बोर्डको अध्यक्षको आवेदन गरेका आवेदक सन्तोषनारायण श्रेष्ठको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार सिफारिस समितिले असार १४ गते निकालेको प्रक्रिया रद्द भन्ने सूचनाको मुद्दा अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिन आदेश दिएको हो ।

साथै धितोपत्र बोर्डको अध्यक्ष जस्तो महत्वपूर्ण पदलाई लामो समयसम्म रिक्त राख्न उपयुक्त नहुने भन्दै सो विषयलाई चाँडो टुंग्याउने प्रकृतिको देखिँदा लिखित जवाफ पेश गर्ने र कानून बमोजिम म्याद समाप्त हुनासाथ पूर्ण सुनुवाईको लागि अग्राधिकार दिन सर्वोच्चले आदेश दिएको छ ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिसका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको नेतृत्वमा बनाएको समितिले आवेदन आह्वान गरेर १९ जना आवेदकबाट ५ जनालाई सर्टलिस्ट गरेको थियो ।

जसमध्ये ३ जना दुईपटकको अन्तर्वार्तामा निरन्तर अनुपस्थित भएपछि समितिले असार १४ गते सूचना प्रकाशन गरेर प्रक्रिया रद्द भएको जनाएको थियो । सोही विषयलाई लिएर बोर्डमा सुरुदेखि आवेदनको प्रक्रियामा सहभागी भएर कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्तामा सहभागी भएका सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा निवेदन दिएका थिए ।

श्रेष्ठको निवेदनपछि असार १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सिफारिस समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : ४० बजे

बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड

काठमाडौं – नेपाल भ्रमणमा रहेका बलिउडका चर्चित अभिनेता सञ्जय दत्तले

हस्ताक्षर फिर्ता लिन आग्रह गर्ने कांग्रेसको निर्णय, गगन थापाको बिमति

काठमाडौं – नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं – नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र

जेनजी प्रदर्शनमा ८४ अर्ब ४५ करोड बढीको भौतिक क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी