झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना, १० जना घाइते « Khabarhub

झापाबाट बागलुङ जाँदै गरेको बस चितवनमा दुर्घटना, १० जना घाइते


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

चितवन- काकडभिट्टाबाट बाग्लुङतर्फ गइरहेको एउटा यात्रु बस चितवनमा दुर्घटनाग्रस्त भएको छ ।

प्र१–०१–००१ ख ४३८० नम्बरको यात्रु बस चितवनको खैरहनीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडकको कल्भर्टमा बिहान ३ बजे उक्त बस ठोक्किएको हो ।

बस दुर्घटनापछि उद्धार गरेर ५ जनालाई स्थानीय चौधरी मेडिकलमा उपचार गरिएको छ । उनीहरू गन्तव्यतर्फ लागेका छन् ।

अन्य ५ जनाको बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीले बस चालक झापाको अर्जुनधारा गाउँपालिका–११ निवासी ४० वर्षीय मधुसुदन नेपाललाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार दुर्घटनापछि बस क्षति ग्रस्त भएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ११ बजे

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीका चार वटा अभ्यास खेल

कास्की – विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयनसँगै केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

एमालेमा शक्ति सङ्घर्षबीच सुनिता बरालको आग्रह : ‘निर्णयको केन्द्रमा एमाले र यसको भविष्य हुनुपर्छ’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अन्य पदाधिकारीबीच

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक