ठाकुर गैरेको तर्क : प्रचण्डसँग एक सेकेन्ड पनि सरकारमा बसिरहने नैतिक आधार छैन | Khabarhub Khabarhub

ठाकुर गैरेको तर्क : प्रचण्डसँग एक सेकेन्ड पनि सरकारमा बसिरहने नैतिक आधार छैन


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले तत्काल नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मुलक प्राकृतिक प्रकोपको विपत्तिमा परेकाले मुलुकको समस्या समाधानका लागि नयाँ सरकार गठनको बाटो खोलिदिन भनेका हुन् ।

उनले लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि एक सेकेण्ड पनि सरकारका बस्ने नैतिक आधार नरहने धारणा राखे।

गैरेले वर्षा शुरु भएको छोटो समयमै ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको बताए ।

त्यस्तै अर्की सांसद विद्या भट्टराईले प्राकृतिक प्रकोपबाट मुलुक अस्तव्यस्त हुदा पनि सरकार कहाँ छ भन्ने प्रश्न उठेको बताइन् ।

उनले नागरिकको समस्या समाधानका लागिसमेत तत्काल नयाँ सरकार गठन हुनुपर्ने बताएकी छन् ।

त्यस्तै अरू सांसदहरूले बाढी पहिरोमा बेपत्ता भएकाको खोजी, घाइतेको निःशुल्क उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूले बाढी पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्दै सहज आवतजावतको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १२ : ५१ बजे

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा