फिल्म बनाउन लागेका हुन् ‘बल्छी’ले ? « Khabarhub

फिल्म बनाउन लागेका हुन् ‘बल्छी’ले ?


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रोजेक्टमा हात हालेको जानकारी दिएका छन् । जनयुद्धको कथामा आधारित ‘राधा’ उनले सुरु गरेको नयाँ प्रोजेक्ट हो ।

पछिल्लो समय सिरियल निर्माण र निर्देशनमा व्यस्त बल्छीको यो घोषणाले कौतुहलता पैदा गर्छ । उनले ‘राधा’ फिल्म हो कि सिरियल प्रष्ट पारेका छैनन् ।

उनको सामाजिक सञ्जालको कमेन्ट बक्समा समर्थकहरूले ‘फिल्म हो कि सिरियल ?’ भन्ने प्रश्न गरेका छन् ।

फिल्म निर्माणको योजनामै रहेका बल्छीको यो प्रोजेक्ट फिचर फिल्मको होइन । सिरिज निर्माण गर्न लागेका हुन् । तर फरक शैलीमा प्रशारण गर्ने योजनमा छन् ।

बल्छीका अनुसार साउन ५ गतेबाट छायांकनमा निस्किने तयारी छ । लम्जुङका विभिन्न स्थानमा छायांकन गर्ने तालिका बनाइँदैछ ।

‘राधा’का लागि कलाकार छनोट भइनसकेको उनी बताउँछन् । भन्छन्, ‘मेरो पनि अभिनय हुन्छ कि हुँदैन ठेगान छैन ।’

यद्यपि यसको लेखक र निर्देशक आफ्नै रहने उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ५ : २० बजे

पर्सा राष्ट्रिय निकुञ्जमा ‘बाघ मित्र’ अभियान

जनकपुरधाम– बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई

श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउने श्रीमान पक्राउ

सुर्खेत– सुर्खेतमा श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमानलाई प्रहरीले

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

सुदूरपश्चिम– बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन

विश्व हात्ती दिवस : संरक्षणसँगै सुरक्षित करिडोरको चुनौती (तस्बिर)

काठमाडौँ– आज विश्व हात्ती दिवस, नेपालमा पनि वन्य हात्ती संरक्षण,

हर्मुज मार्ग अमेरिकी नियन्त्रण रहेको ट्रम्पको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको स्थिति सामान्य रहेको