बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन « Khabarhub

बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन


२४ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तीन दिनपछि सञ्चालन भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो । घरपझोङ गाउँपालिका–३ स्थित मार्फाखोलाको बाढीले सडकको मुस्ताङ खण्ड पनि अवरुद्ध भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले वर्षा रोकिएपछि पहिरो पन्छाएर आज अपराह्नदेखि यातायात सञ्चालन गरिएको जानकारी दिए ।

“मार्फाखोलामा डाइभर्सन र अस्थायी पुल बनाएर मुस्ताङ खण्डमा यातायात सञ्चालनको व्यवस्था मिलाएका छौँ”, उनले भने, “म्याग्दी खण्डमा खसेको पहिरो सडक विभागको डोजर, लोडर र प्राविधिक टोली परिचालन गरेर पन्छाएपछि बेनी–जोमसोम सडकको अवरोध हटेको छ ।”

बैसरीको पहिरो पन्छाउन र सडक मर्मतका लागि नेपाली, सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली पनि परिचालन गरिएका थिए ।

यसैबीच, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी र बेनी–बागलुङ सडक पनि मर्मतपछि सञ्चालन भएको छ । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक पनि अपराह्नदेखि सञ्चालनमा आएको छ ।

पूर्वाधार विकास कार्यालयले फापरखेत, बाङ्गेपहिरोलगायत ठाउँमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ९ : १४ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान