नक्कली ड्राइभिङ लाइसेन्स : उपसचिवसहित १५ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा « Khabarhub

नक्कली ड्राइभिङ लाइसेन्स : उपसचिवसहित १५ जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली लाइसेन्स प्रकरणमा यातायाता व्यवस्था कार्यालय बुटवलका प्रमुख एवम् उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अर्यालसहित १५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो। उनीहरू सबैविरुद्धको मुद्दाको फाइल मंगलबार काठमाडौं जिल्ला अदालतमा पुगेको छ ।

अर्यालसहित यातायात व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे (करार), पदमराज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्युटर अधिकृत रामकृष्ण श्रेष्ठ र यातायात व्यवस्था कार्यालय कास्कीका कम्युटर अपरेटर विनोद भण्डारीलाई पनि यो मुद्दामा प्रतिवादी बनाइएको छ ।

उनीहरूले विभिन्न मितिमा यातायात व्यवस्था विभागको विद्युतीय प्रणालीमा सवारी चालक अनुमति पत्रसम्बन्धी कुनै प्रक्रिया सुरु नगरेको, लिखित तथा ट्रायल परीक्षामा सहभागी नभएका, ढड्डा तथा साविकको पुरानो डीएल प्रणालीमा अभिलेख नरहेकालाई पास गराएको आरोप पत्रमा लेखिएको छ ।

उनीहरूकै संलग्नतामा शक्तिबहादुर खत्री, हर्षबहादुर सिञ्जालीलगायतको विवरण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीमा प्रवृष्ठ नगरी नक्कली विवरण प्रणालीमा इन्ट्री गर्दा नवीकरण गर्न मिल्ने गरी मिति र विवरण इन्ट्री गरी बायोमेट्रिक गराई नक्कली सवारी चालक अनुमति पत्र दिएको आरोप पनि लागेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ६ : ३२ बजे

९४ स्थानमा रास्वपा अगाडि

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९४ स्थानमा राष्ट्रिय

आउने सरकारले भत्काउन नसक्ने गरी सुशासनका मानक बनाउनै पर्छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनले जोगाउने, मुलुक

रुकुमपूर्वमा प्रचण्ड विजयी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुमपूर्वबाट विजयी

बलियो बहुमततिर रास्वपा : प्रत्यक्षतर्फका १०३ क्षेत्रमा अग्रता, समानुपातिकमा पनि उस्तै रूझान

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता

झापा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी