सार्वजनिक लेखा समितिले माग्यो रिलायन्स स्पिनिङ मिलको आइपीओ मूल्य आधार « Khabarhub

सार्वजनिक लेखा समितिले माग्यो रिलायन्स स्पिनिङ मिलको आइपीओ मूल्य आधार


२५ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक लेखा समितिले रिलायन्स स्पिनिङ मिलको आइपीओको मूल्यको आधार माग गरेको छ । समितिले नेपाल धितोपत्र बोर्डलाई पत्र काट्दै मिलको मिलको बुक बिल्डिङबाट तयार गरिएको आधार मूल्य कसरी तयार भयो ? तयार गर्ने अधिकार कसलाई छ र प्रक्रिया के हो लगायत प्रश्नहरू गरेको हो ।

समितिले कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लिई बुक बिल्डिङ प्रक्रियाबाट आइपीओ जारी गरेको सन्दर्भमा आएका समाचारहरुप्रति ध्यानकर्षण भएको भन्दै विभिन्न ५ वटा बूँदाहरुमा ७ दिनभित्र जवाफ दिन बोर्डलाई पत्र पठाएको छ ।

पत्रमा कम्पनीको आइपीओको मूल्य के आधारमा तय गरिएको, मूल्य तयार गर्ने अधिकार कसलाई, प्रक्रिया के, एक वर्ष नपुग्दै कम्पनीको प्रतिशेयर मूल्यमा आएको गिरावट, प्रतिशेयर आम्दानीको वास्तविकता र प्रक्षेपित मूल्यमा सामञ्जस्यता नदेखिएको लगायतका विषयमा समितिले बोर्डसँग जवाफ माग गरेको छ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर रिलायन्स स्पिनिङ मिल्सले रिलाइन्स कम्पनीले १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार बराबरको १९ लाख २६ हजार ६ सय कित्ता शेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । बुक बिल्डिङ प्रक्रियाबाट तय गरिएको सो शेयरको मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ रहेको छ ।

धितोपत्र बोर्डबाट आइपीओ जारी गर्नका लागि स्वीकृति लिने क्रममा पेश गरेको विवरण र तेस्रो त्रैमासिक विवरणको रुपमा सार्वजनिक गरेको वित्तीय विवरणमा नेटवर्थ आम्दानी, प्रतिशेयर आम्दानी, नाफा प्रक्षेपण लगायतका विषयहरु अस्वभाविक देखिएपछि रिलाइन्सको आइपीओको विषय विवादित बन्न पुगेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : ०१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका