साउदी युवराजसँग करोडौं डलर लिएको स्वीकार « Khabarhub

साउदी युवराजसँग करोडौं डलर लिएको स्वीकार


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खार्तुम– सुडानका अपदस्थ राष्ट्रपति ओमर अल बशिरले साउदी युवराज मोहम्मद बिन सलमानसँग करोडौं अमेरिकी डलर लिएको स्वीकार गरेका छन् ।

भ्रष्टाचारबारेको अनुसन्धानका क्रममा उनले बिन सलमानसँग ९ करोड अमेरिकी डलर लिएको स्वीकार गरेका हुन् । उनलाई सोमबार राजधानी खार्तुमस्थित अदालतमा भ्रष्टाचार बारेको सुनुवाईका लागि अदालतमा उपस्थित गराइएको थियो ।

उनीविरुद्ध विदेशीहरुसँग अवैध रकम लिएका, भ्रष्टाचार गरेकोलगायतका विषयमा सुनुवाई भएको बताइएको छ । त्यसबाहेक उनीविरुद्ध प्रदर्शनकारीको गैरन्यायिक हत्या गरेको अभियोग समेत लाग्दै आएको छ ।

व्यापक प्रदर्शनपछि उनलाई गत अप्रिल महिनामा सैन्य कूमार्फत अपदस्थ गरिएको थियो । उनी सन् १९९३ यता सुडानको राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : १० बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात