अर्जेन्टिनाका लागि मेसीले गरे १०९ गोल : क्यानडाविरुद्ध अग्रता दोब्बर « Khabarhub

अर्जेन्टिनाका लागि मेसीले गरे १०९ गोल : क्यानडाविरुद्ध अग्रता दोब्बर


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनाका लागि लियोनल मेसीले सर्वाधिक १०९ गोल गरेका छन्। कोपा अमेरिका कपको सेमिफाइनलको ५१ औं मिनेटमा क्यानडाविरुद्ध गोल गर्दै मेसीले १०९ गोल पुर्याएका हुन्।

अर्जेन्टीका कप्तान मेसीले कोपा अमेरिकाको सेमिफाइनमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।

जारी खेलमा अर्जेन्टिनाले क्यानडामाथि २-० गोलको अग्रता लिएको छ।

खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरेका थिए

खेलको ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा मेसीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्। प्रतियोगितामा मेसीको यो पहिलो गोल हो।

मेसीले सहभागीता जनाएका ६ वटा कोपा अमेरिका प्रतियोगितामा गोल गरेका छन्। मेसीले २००७ देखि अहिलेसम्म ६ वटा कोपा अमेरिकामा गोल गरेका हुन्। २००७, १०१५, २०१६, २०१९, २०२१ र २०२४ मा गोल गर्न सफल भएका हुन्।

अर्जेन्टिनाका लागि १०९ गोल गरेका मेस्सी देशका लागि गोल गर्ने रोनाल्डोपछि दोस्रो नम्बरमा छन्।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ७ : ३२ बजे

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ

अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने

काठमाडौँ – अमेरिकाको रोजगार समान अवसर आयोग (इईओसी) मा रिपब्लिकन