पाकिस्तानी राजनीतिमा सेनाको हस्तक्षेप हुनु हुँदैन : अल्ताफ हुसैन « Khabarhub

पाकिस्तानी राजनीतिमा सेनाको हस्तक्षेप हुनु हुँदैन : अल्ताफ हुसैन


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम) पार्टीका संस्थापक अल्ताफ हुसैनले आफू राजनीतिक, प्रशासनिक तथा आर्थिक क्षेत्रमा सेनाको हस्तक्षेपको विपक्षमा रहेको बताएका छन् ।

अखिल पाकिस्तानी मुत्थैदा विद्यार्थी संगठनको सभालाई सम्बोधन गर्दै हुसैनले आफू पाकिस्तानी सेनाको पक्षमा रहेको भएपनि राजनीतिक क्षेत्रमा पाकिस्तानी सेनाले हस्तक्षेप गर्न नहुने धारणा राखेका हुन् ।

सेनाको जिम्मेवारी मुलुकको रक्षा गर्नु रहेको भन्दै उनले सेनाले त्यसैमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।

उनले पाकिस्तान बेलायती शासनबाट स्वतन्त्र भएको ७६ वर्ष भइसकेपनि मुलुकका वर्तमान शासकमा आफूलाई मालिक र जनतालाई गुलाम सोच्ने प्रवृत्ति अझै रहेको जिकिर गरे ।

सेनाका अधिकारी र जमिन्दारबाट मुक्ति नपाउँदासम्म पाकिस्तानी जनता स्वतन्त्र हुन नसक्ने उनको राय छ ।

उनले पाकिस्तानी जनतामाझ फुट ल्याउन पाकिस्तानको गुप्तचर संस्था आईएसआई नै सक्रिय रहेको पनि आरोप लगाए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ९ : ५० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी