एमालेले सबै नेतालाई सम्बन्धित जिल्लामै फर्कायो, हरेक घरमा पुग्नेगरी कार्यविभाजन तयारी | Khabarhub Khabarhub

एमालेले सबै नेतालाई सम्बन्धित जिल्लामै फर्कायो, हरेक घरमा पुग्नेगरी कार्यविभाजन तयारी


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

 

नेकपा एमालेले सबै केन्द्रीय सदस्यहरूलाई सम्बन्धित जिल्लामै फर्काउने निर्णय गरेको छ ।

बुधबार च्यासलमा बसेको सचिवालय बैठकले वर्ष एक वर्षका लागि सम्बन्धित भूगोलभन्दा बाहिर पठाइएका पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई उनीहरूकै जिल्लामा फर्काउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताउ ।

‘हामीले एक वर्षअघि केन्द्रीय सदस्यहरूलाई सम्बन्धिसत भूगोलभन्दा बाहिर पठाएका थियौँ’, उनले भने, ‘अब उहाँहरूलाई आफ्नै कार्यक्षेमतमा पठाएका छौँ । अब सबे केन्द्रीय सदस्यहरूलाई प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन क्षेत्रको जिम्मा दिँदैछौँ । निर्वाचन क्षेत्र समन्वय कमिटीलाई आधार बनाएर सबैको कार्यविभाजन हुनेछ । केन्द्रले निर्वाचन क्षेत्रलाई कार्यविभाजनको इकाइ बनाएको छ। अब त्यहीअनुसार नेताहरू परिचालित हुने छन् ।’

एमाले कार्यविभाजनको नयाँ मापदण्डअनुसार अब प्रदेश कमिटीहरूले पालिकालाई आधार बनाएर कार्यविभाजन गर्नेछन् । त्यस्तै जिल्ला कमिटीले वडालाई आधार बनाएर नेता परिचालन गर्ने छन् । पालिकाले पालिकाले टोललाई र टोलले प्रत्येक घरका कार्यकर्तालाई लक्षित गरेर कार्यविभाजन गर्ने ज्ञवालीले बताएका छन्।

उनले सबै जिल्ला कमिटीहरूलाई यही साउन महिनाभित्रमा २०८१ को पार्टी सदस्यता नवीकरण गर्न निर्देशन दिने निर्णय पनि गरेको बताए ।

ज्ञवालीका अनुसार यो वर्ष ६६ वटा जिल्ला कमिटीको अधिवेशन सकिएकव छ। अब ११ जिल्लामा अधिवेशनमा आगामी कात्तिक भित्र सक्ने गरी निर्देशन दिइएको पनि उनले बताए ।

अधिवेशन हुन बाँकी जिल्लाका अहिले भएका कमिटीलाई समन्वय कमिटीमा रुपान्तरण गरेर अब २० प्रतिपशतसम्म सदस्य मनोनयन गर्न पाउने प्रावधान राखिएको ज्ञवालीले बताए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  २ : ०८ बजे

कीर्गिस्तानसँग पराजित नेपाल उपबिजेता बनेर घर फर्कियो

काठमाडौँ- नेपाली युवा टोलीले श्रीलंकामा जारी काभा महिला यू-१९ भलिबल

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा

मधेसमा कांग्रेसको समर्थनमा फेरि मुख्यमन्त्री दाबी गर्दै सोनल

काठमाडौँ- मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश