नयाँ सरकार ७६ (२) अनुसार नै गठन हुन्छ : एमाले « Khabarhub

नयाँ सरकार ७६ (२) अनुसार नै गठन हुन्छ : एमाले


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार नै गठन हुने निष्कर्ष निकालेको छ ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले संविधानअनुसार धारा ७६(२) अनुसार सरकार गठनमा कुनै व्यवधान नरहेको निष्कर्ष निकालेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतले एउटै धाराबाट पटकपटक सरकार बन्नसक्ने प्रष्ट पारिसकेको अवस्थामा अब बन्ने सरकार पनि संविधानको धारा ७६ ९२० अनुसार नै गठन हुने एमालेको निष्कर्ष रहेको बताए ।

“संविधानको धारा ७६ (२) अनुसार गठन हुने नयाँ सरकारमा कुनै पनि संवैधानिक जटिलता छैन र २०७८ सालमा पनि संविधानको धारा ७६ ९२० अनुसार बनेको तत्कालीन केपी शर्मा ओलीको सरकारले पनि विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले फेरि ७६ (२) अनुसार नै सरकार बनाउन दललाई आह्वान गर्नुभएको थियो”, उपमहासचिव ज्ञवालीले भने, “अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाए संविधानको धारा ७६ (२) अनुसार अर्को सरकार गठनका लागि आह्वान हुन्छ । स्थिर र बलियो सरकार नबनुञ्जेल सोही धाराबाट नै सरकार गठन हुनेमा एमालेमा कुनै द्विविधा छैन ।”

नेपाली कांग्रेससँगको सहमतिपछि संविधान संशोधनका कुरा उठे पनि कुनकुन बुँदामा संशोधन गर्ने भन्ने कुरा स्पष्ट नभइसकेको उनले बताए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १० : १४ बजे

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.