बिहीबार भगवान विष्णुको पूजा | Khabarhub Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार २७ गते बिहीबार तदनुसार सन् २०२४ जुलाई ११ तारिख। असार शुक्ल पक्षको षष्ठी तिथि।  विश्व जनसंख्या दिवस।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ५ : ४८ बजे

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य केही बढेको छ ।

भक्तपुरका नेवार समुदायले मनाए ‘सकिमना पुन्ही’ (फोटो फिचर)

काठमाडौं– नेवार समुदायले कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही मनाएको छ

भावना राउतलाई समर्थन गर्दै गृहमन्त्रीलाई सुधनको प्रश्न : ओली सरकारकै पारामा ढल्किनु भएको हो ?

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

रुपन्देही – भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन

काठमाडौंमा आज विप्लवको जनप्रदर्शन

काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा