रिलायन्स स्पेनिङ मिल्सको आईपीओबारे अदालतले दिएको आदेशको स्वागत  « Khabarhub

रिलायन्स स्पेनिङ मिल्सको आईपीओबारे अदालतले दिएको आदेशको स्वागत 


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी नगर्न पाटन उच्च अदालतले अल्पकालिक अन्तरिम आदेश दिएकोमा शेयर बजारका ४ संगठनले स्वागत गरेका छन् । 

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्ड, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे, जनरल इन्भेष्टर एशोसियसनका अध्यक्ष दीपक कार्की र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले संयुक्त विज्ञप्ति जारी गर्दै अदालतको निर्णयको स्वागत गरेका हुन् । 

उक्त ४ संघकै सक्रियतामा उच्च अदालत पाटनमा हरिबहादुर र खुसलराम धितालले अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, रिलायन्स स्पिनिङ मिल्स, एसएआर एसोसिएट्स चार्टड एकाउन्टेन्टलाई विपक्षी बनाएर मिल्सले बुक बिल्डिङ विधिकै दुरुपयोग गरी ठगी गर्ने मनसाय राखेको, चार्टर्ड एकाउन्टेन्ट संस्थाले प्रमाणित गरेको विवरण अन्तर्राष्ट्रिय लेखामान सिद्धान्त विपरित रहेको लगायतका विषयहरू उठाउँदै आईपीओ निष्कासन रोक्न निवेदन दिएका थिए । उक्त निवेदन उपर अदालतले अन्तरिम आदेश दिएको थियो । 

‘विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी भएकोमा सम्मानित न्यायालय र अन्य सहयोगी संस्थाहरू तथा सेयर लगानीकर्ताहरू र पत्रकारहरू प्रति आभार व्यक्त गर्दछौं र यसबाट सर्वसाधारण लगानीकर्ताहरू ठगिनबाट बचाउन सफल भएका छौं ।’, विज्ञप्तिमा भनिएको छ । 

उक्त ४ संगठनले संसद्को सार्वजनिक लेखा समितिले देखाएको सक्रियताप्रति पनि धन्यवाद र आईपीओ रोक्नको लागि धितोपत्र बोर्डले लिएको निर्णयलाई स्वागत समेत गरेको छ ।

 ‘बोर्डले आगामी दिनमा कम्पनीका कमीकमजोरीहरूलाई गहन विश्लेषण गरी सेयर निष्कासनको लागि अनुमति दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।’, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  ५ : १८ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६