बायाँ हाते (लेफ्ट ह्यान्डर्स) का ५ समस्या, के के हुन् ? « Khabarhub

बायाँ हाते (लेफ्ट ह्यान्डर्स) का ५ समस्या, के के हुन् ?


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बायाँ हाते (लेफ्ट ह्यान्डर्स) अर्थात देब्रे हातलाई सर्वाधिक प्रयोग गर्नेहरु देख्दा दाहिने हात बढी चलाउनेहरुलाई अचम्म लाग्ने गर्छ । हामीले दाहिने हातले गर्ने काम उनीहरुले देब्रे हातले कसरी गर्छन् भनेर अचम्भित हुन्छाौ । तर के तपाईलाईं  थाहा छ ? देब्रे हातलाई प्रमुख रुपमा प्रयोग गर्नेहरुका केहि समस्याहरु छन् ।

१. पत्रपत्रिका पढ्दा त्यसको पाना पल्टाउनु पर्‍यो भने दायाँ तर्फबाट पल्टाउनु पर्ने हुन्छ । किनकी पढ्दै जादाँ पल्टाउने पर्ने पाना दायाँ हात तर्फ हुन्छ । तर बायाँ हातेहरुले पत्रिकाको पाना पल्टाउदाँ दायाँ हात प्रयोग गर्नुपर्ने हुन्छ । बायाँ हातले पाना पल्टाउदाँ दायाँ बायाँ क्रस हुन्छन् जसबाट पढ्दै गरेको कुराबाट ध्यान हट्न सक्छ ।

२. एटिएम मेसिन, वा कुनै पनि कार्ड स्वाइप गर्ने स्थानमा समेत दायाँ हाततर्फ मेसिन राखिएको हुन्छ । अझ प्रवेश तथा बाहिर निस्कने स्थानमा समेत टोकन लगाउने स्थान दायाँतर्फ हुन्छ । जसले गर्दा दायाँ हातले सहुलियत पाए पनि बायाँ हातेले भने समस्या भोग्नुपर्छ ।

३. संगित वाद्यवाद्यनमा बायाँ हातेले सबैभन्दा बढी समस्या भोग्नुपर्छ । अधिकाशं बाजागाजा दायाँ हातलाई लक्षित गरी बनाइएको हुन्छ । यस्ता वाद्यवाद्यन लेफ्ट ह्यान्डर्सले प्रयोग गर्न सक्दैनन् । जसका कारण बायाँ हातलाई ध्यानमा राखेर सोही बमोजिम बनाइएको वा बनाउन लगाएर मात्र वाद्यवाद्यन किन्नुपर्ने हुन्छ ।

४. अधिकाशं मानिस हात मिलाउदाा दायाँ हात एक आपसमा मिलाउने गर्दछन् । भेट्नासाथ सबैले दायाँ हात नै अघि बढाउने गर्छन् । तर यदि बायाँ हातेसंग भेट हुादा भने समस्या उत्पन्न हुन्छ । किनकी दायाँ र बायाँ हात एकआपसमा मिल्न गाह्रो हुन्छ ।

५. लेफ्ट ह्यान्डर्सले कम्प्युटर माउसको प्रयोग गर्न समेत अप्ठ्यारो हुन्छ । उनीहरु माउसलाई बायाँतर्फ राख्छन् । माउसको प्रयोग शैलीसमेत दायाँ हाते भन्दा फरक हुन्छ । बायाँ हातले माउस प्रयोग गर्नेहरुले क्लिक गर्न चोर आालाको साटो माझी औालाको प्रयोग गर्छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : १५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग