बायाँ हाते (लेफ्ट ह्यान्डर्स) का ५ समस्या, के के हुन् ? | Khabarhub Khabarhub

बायाँ हाते (लेफ्ट ह्यान्डर्स) का ५ समस्या, के के हुन् ?


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बायाँ हाते (लेफ्ट ह्यान्डर्स) अर्थात देब्रे हातलाई सर्वाधिक प्रयोग गर्नेहरु देख्दा दाहिने हात बढी चलाउनेहरुलाई अचम्म लाग्ने गर्छ । हामीले दाहिने हातले गर्ने काम उनीहरुले देब्रे हातले कसरी गर्छन् भनेर अचम्भित हुन्छाौ । तर के तपाईलाईं  थाहा छ ? देब्रे हातलाई प्रमुख रुपमा प्रयोग गर्नेहरुका केहि समस्याहरु छन् ।

१. पत्रपत्रिका पढ्दा त्यसको पाना पल्टाउनु पर्‍यो भने दायाँ तर्फबाट पल्टाउनु पर्ने हुन्छ । किनकी पढ्दै जादाँ पल्टाउने पर्ने पाना दायाँ हात तर्फ हुन्छ । तर बायाँ हातेहरुले पत्रिकाको पाना पल्टाउदाँ दायाँ हात प्रयोग गर्नुपर्ने हुन्छ । बायाँ हातले पाना पल्टाउदाँ दायाँ बायाँ क्रस हुन्छन् जसबाट पढ्दै गरेको कुराबाट ध्यान हट्न सक्छ ।

२. एटिएम मेसिन, वा कुनै पनि कार्ड स्वाइप गर्ने स्थानमा समेत दायाँ हाततर्फ मेसिन राखिएको हुन्छ । अझ प्रवेश तथा बाहिर निस्कने स्थानमा समेत टोकन लगाउने स्थान दायाँतर्फ हुन्छ । जसले गर्दा दायाँ हातले सहुलियत पाए पनि बायाँ हातेले भने समस्या भोग्नुपर्छ ।

३. संगित वाद्यवाद्यनमा बायाँ हातेले सबैभन्दा बढी समस्या भोग्नुपर्छ । अधिकाशं बाजागाजा दायाँ हातलाई लक्षित गरी बनाइएको हुन्छ । यस्ता वाद्यवाद्यन लेफ्ट ह्यान्डर्सले प्रयोग गर्न सक्दैनन् । जसका कारण बायाँ हातलाई ध्यानमा राखेर सोही बमोजिम बनाइएको वा बनाउन लगाएर मात्र वाद्यवाद्यन किन्नुपर्ने हुन्छ ।

४. अधिकाशं मानिस हात मिलाउदाा दायाँ हात एक आपसमा मिलाउने गर्दछन् । भेट्नासाथ सबैले दायाँ हात नै अघि बढाउने गर्छन् । तर यदि बायाँ हातेसंग भेट हुादा भने समस्या उत्पन्न हुन्छ । किनकी दायाँ र बायाँ हात एकआपसमा मिल्न गाह्रो हुन्छ ।

५. लेफ्ट ह्यान्डर्सले कम्प्युटर माउसको प्रयोग गर्न समेत अप्ठ्यारो हुन्छ । उनीहरु माउसलाई बायाँतर्फ राख्छन् । माउसको प्रयोग शैलीसमेत दायाँ हाते भन्दा फरक हुन्छ । बायाँ हातले माउस प्रयोग गर्नेहरुले क्लिक गर्न चोर आालाको साटो माझी औालाको प्रयोग गर्छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : १५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार