गोताखोरले समेत भेट्टाउन सकेनन् पहिरोसँगै त्रिशूलीमा खसेका बस | Khabarhub Khabarhub

गोताखोरले समेत भेट्टाउन सकेनन् पहिरोसँगै त्रिशूलीमा खसेका बस


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बिहान सवा ३ बजे पहिरोसँगै त्रिशूलीमा खसेका दुवै बस अझै भेटिन सकेका छैनन् ।

चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले सोहोरेपछि त्रिशूलीमा खसेका दुवै यात्रुबस अझै नभेटिएका हुन् ।

पहिरोले सोहोरेको स्थानमा बसका टुक्रा, शिशासहित अवशेष भेटिए पनि त्रिशूलीमा खसेर डुबेका दुवै बस र त्यसमा सवार यात्रु पनि भेटिन नसकेका हुन् ।

बस खस्ने क्रमममा तिनका शिशा र सानातिना भाग भेटिए पनि दुवै बस त्रिशूलीमा पूरै डुबेकाले नभेटिएका हुन् ।

त्रिशूलीमा बाढी आएर पानीको करेन्ट एकदमै कडा भएकाले गोताखोर र अन्य सुरक्षाकर्मीहरूले खोजीमा सकस भोग्नु परेको छ ।

बसको खोजीमा नेपाली सेनाको गोताखोर टोली, सशस्त्र प्रहरीको गोताखोर टोली परिचालित छन् । उनीहरूले मोटरबोट र र्‍याफ्टबोटसहित खोजी गर्दा पनि बसको एकीन स्थान पत्ता नलागेको हो ।

खोजीका क्रममा एउटा हुक त्रिशूलीको सतहमा अड्किए पनि पानी धमिलो भएकाले बस या अरुको भाग भन्ने खुल्न सकेको छैन ।

बिहानभरी खोज्दा पनि नभेटिएपछि अहिले सुरक्षाकर्मीहरू समीक्षा र नयाँ उपायको खोजीमा लागेका छन् ।

घटनास्थलमा तीनै निकायका २ सय जनाको सुरक्षा फौज परिचालित छन् ।

काठमाडौँबाट गौर गइरहेको गणपति डिलक्सको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसेका थिए ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर परिचालित छन् । चितवनमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै बसमा चालकसहित ६५ जना सवार रहेको बताएका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ०८ बजे

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची– सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक

बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी

काठमाडौं– बीमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको

कुलमानको पार्टीमा नायिका रिमादेखि हर्कलाई छाडेका डाकेन्द्र र मन्त्री हुन नपाएकी टासीसम्म

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले अन्तत: राजनीतिमा हात हालेका छन्। कुनैबेला