गोताखोरले समेत भेट्टाउन सकेनन् पहिरोसँगै त्रिशूलीमा खसेका बस « Khabarhub

गोताखोरले समेत भेट्टाउन सकेनन् पहिरोसँगै त्रिशूलीमा खसेका बस


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


13.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बिहान सवा ३ बजे पहिरोसँगै त्रिशूलीमा खसेका दुवै बस अझै भेटिन सकेका छैनन् ।

चितवनको भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले सोहोरेपछि त्रिशूलीमा खसेका दुवै यात्रुबस अझै नभेटिएका हुन् ।

पहिरोले सोहोरेको स्थानमा बसका टुक्रा, शिशासहित अवशेष भेटिए पनि त्रिशूलीमा खसेर डुबेका दुवै बस र त्यसमा सवार यात्रु पनि भेटिन नसकेका हुन् ।

बस खस्ने क्रमममा तिनका शिशा र सानातिना भाग भेटिए पनि दुवै बस त्रिशूलीमा पूरै डुबेकाले नभेटिएका हुन् ।

त्रिशूलीमा बाढी आएर पानीको करेन्ट एकदमै कडा भएकाले गोताखोर र अन्य सुरक्षाकर्मीहरूले खोजीमा सकस भोग्नु परेको छ ।

बसको खोजीमा नेपाली सेनाको गोताखोर टोली, सशस्त्र प्रहरीको गोताखोर टोली परिचालित छन् । उनीहरूले मोटरबोट र र्‍याफ्टबोटसहित खोजी गर्दा पनि बसको एकीन स्थान पत्ता नलागेको हो ।

खोजीका क्रममा एउटा हुक त्रिशूलीको सतहमा अड्किए पनि पानी धमिलो भएकाले बस या अरुको भाग भन्ने खुल्न सकेको छैन ।

बिहानभरी खोज्दा पनि नभेटिएपछि अहिले सुरक्षाकर्मीहरू समीक्षा र नयाँ उपायको खोजीमा लागेका छन् ।

घटनास्थलमा तीनै निकायका २ सय जनाको सुरक्षा फौज परिचालित छन् ।

काठमाडौँबाट गौर गइरहेको गणपति डिलक्सको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसेका थिए ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर परिचालित छन् । चितवनमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै बसमा चालकसहित ६५ जना सवार रहेको बताएका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ०८ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व