जोखिममा रहेका सडकखण्डमा रात्री बस राेक्न माग   | Khabarhub Khabarhub

जोखिममा रहेका सडकखण्डमा रात्री बस राेक्न माग  


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले बर्षातका दुई–तीन महिना जोखिम रहेका सडकखण्डमा रात्रिकालीन बसहरूको अवागमन रोक्नु पर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा उनले बर्षातका दुई–तीन महिना जोखिम रहेका सडकखण्डमा रात्रिकालीन बसहरूको अवागमन रोक्नु पर्नेमा जोड दिएका हुन् ।

‘नाइट बस राति नचलाउने सरकारले निर्देशन जारी गरिदिएको भए यो क्षति हुन्थेन । किनकी अध्याँरोमा पहिरो जाँदा थाहा हुँदैन,’ सांसद सिंहले भने, ‘दिउँसो भएको भए कम्तिमा थाहा हुन्थ्यो । कम्तिमा वर्षातको दुई–तीन महिना नाइट बस जोखिम भएको बाटोमा चलाउन हुँदैन ।’

नारायणगढ–मुग्लिङ सडकखण्डलाई संघीय राजधानी काठमाडौंको ‘लाइफ लाइन’ का रुपमा व्याख्या गर्दै उनले उक्त सडकखण्डको अवस्था हेरेर देशभरका सडकहरुको अवस्था बुझ्न सकिने टिप्पणी गरे ।   

‘नारायणगढ–मुग्लिङ सडकखण्ड काठमाडौंका लागि लाइफ लाइन हो । पूर्वबाट आउने बस पनि त्यही बाटो आउँछ, पश्चिमबाट आउने सुदूरपश्चिमको सबै बस त्यही बाटो आउँछ,’ सिंहले भने, ‘त्यस कारण लाइफ लाइनको अवस्था यस्तो छ भने बाँकी सडकको अवस्था के छ त्यो भगवानलाई नै थाहा छ ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ५४ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’