भाइब्रेन्ट गोवा ग्लोबल एक्स्पोमा सहभागी हुन नेपाली उद्योगीलाई आग्रह « Khabarhub

भाइब्रेन्ट गोवा ग्लोबल एक्स्पोमा सहभागी हुन नेपाली उद्योगीलाई आग्रह


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी अक्टोबरमा हुने भाइब्रेन्ट गोवा ग्लोबल एक्स्पो एन्ड समिट २०१९ मा सहभागी हुन नेपाली उद्योगी–व्यवसायीलाई आग्रह गरिएको छ ।

समिटको रोड सोकाक्रममा १७ ओटा रोड सो विभिन्न मुलुकमा गरी १८औं रोड सो नेपालमा गर्नेक्रममा भाइब्रेन्ट गोवा टोलीले सोमबार नेपाल चेम्बर अफ कमर्ससँग छलफल गर्दै उक्त आग्रह गरेको हो ।

भाइब्रेन्ट गोवा ज्ञान समिटका अध्यक्ष एवं ओपन डेस्टिनेसनका उपाध्यक्ष मिलिन्ड अन्भेकरले १७ देखि १९ अक्टोबर २०१९ मा आयोजना हुने एक्स्पोमा नेपाली उद्यमी–व्यवसायीलाई भाग लिन आग्रह गरे ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भाइब्रेन्ट गुजरातको अवधारणाबाट अभिप्रेरित भइ विगत केही वर्षदेखि भारतका विभिन्न ठाउँहरुमा भइरहेको एक्स्पोमा चेम्बरको उत्साहजन सहभागिता हुँदै आएको र व्यापार व्यवस्थापन, प्रविधि र समग्र विकासका लागि लाभदायक हुँदै आएको बताए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ३८ बजे

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख

प्रतिनिधिसभा निर्वाचन: आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका

स्वतन्त्र मेयर बालेन साह अब रास्वपा नेता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका मेयर

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी – पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि