भाइब्रेन्ट गोवा ग्लोबल एक्स्पोमा सहभागी हुन नेपाली उद्योगीलाई आग्रह « Khabarhub

भाइब्रेन्ट गोवा ग्लोबल एक्स्पोमा सहभागी हुन नेपाली उद्योगीलाई आग्रह


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी अक्टोबरमा हुने भाइब्रेन्ट गोवा ग्लोबल एक्स्पो एन्ड समिट २०१९ मा सहभागी हुन नेपाली उद्योगी–व्यवसायीलाई आग्रह गरिएको छ ।

समिटको रोड सोकाक्रममा १७ ओटा रोड सो विभिन्न मुलुकमा गरी १८औं रोड सो नेपालमा गर्नेक्रममा भाइब्रेन्ट गोवा टोलीले सोमबार नेपाल चेम्बर अफ कमर्ससँग छलफल गर्दै उक्त आग्रह गरेको हो ।

भाइब्रेन्ट गोवा ज्ञान समिटका अध्यक्ष एवं ओपन डेस्टिनेसनका उपाध्यक्ष मिलिन्ड अन्भेकरले १७ देखि १९ अक्टोबर २०१९ मा आयोजना हुने एक्स्पोमा नेपाली उद्यमी–व्यवसायीलाई भाग लिन आग्रह गरे ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले भाइब्रेन्ट गुजरातको अवधारणाबाट अभिप्रेरित भइ विगत केही वर्षदेखि भारतका विभिन्न ठाउँहरुमा भइरहेको एक्स्पोमा चेम्बरको उत्साहजन सहभागिता हुँदै आएको र व्यापार व्यवस्थापन, प्रविधि र समग्र विकासका लागि लाभदायक हुँदै आएको बताए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ९ : ३८ बजे

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट)- रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक