काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छानबिनको सुई आफ्नो घरतिर सोझिएपछि कांग्रेस-एमाले एक ठाउँमा आएको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै रास्वपाका सभापति समेत रहेका लामिछानेले कांग्रेस-एमालेले मध्यरातमा गरेको सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् ।
लामिछानेले आफूहरूले अमूर्त सहमति हुनासाथ राजीनामा नदिएर जिम्मेवारी निभाएको दाबी गरे । उनले रास्वपाले सरकारमा गएर सुशासनको संखनाद गरेको दाबी गर्दै सोही कारणले रातारात दुई ठुला दल एक ठाउँमा आएको बताए ।
लामिछानेले दुई दलबीचको सहमति लुकाइएकाले आफूहरूले त्यसलाई समर्थन गर्न नसकेको बताउँदै दुई दल ठुला दल एक ठाउँमा आउँदा शक्ति पृथकीकरणमा संकट आउन सक्नेमा आफूहरूको चिन्ता रहेको बताए ।
उनले आफूहरूले प्राप्त गरेको मत सरकारमा जाने मत नरहेको र प्रतिपक्षमा रहँदा खुशी नै रहेको र आफूहरूले गत वर्ष प्रतिपक्षको भूमिका राम्रोसँग निभाएको बताए ।
यो पनि
प्रतिक्रिया