मौसमको ‘रेड एडभाइजरी’ जारी भएका स्थानमा रात्रिबस चलाउन नदिइने « Khabarhub

मौसमको ‘रेड एडभाइजरी’ जारी भएका स्थानमा रात्रिबस चलाउन नदिइने


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडकखण्डमा रात्रिकालीन सवारीसाधन चलाउन रोक लगाइने भएको छ ।

शुक्रबार गृहमन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकाय र सरोकारवाला निकायको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले ‘रेड एडभाइजरी’ जारी गरेका जिल्ला र क्षेत्रमा रात्रीकालिन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

त्यस्तो व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले सदनमा जानकारी गराए ।

उनले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय बनाउने निर्णय भएको पनि बताए ।

सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यहाँ पुग्नुअगावै सुरक्षित एवम् खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका क्षेत्रमा सवारी रोक्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको लामिछानले बताए ।

ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय पनि भएको उनले बताए ।

उनले चितवनमा पहिरोमा परेको बसेको खोजी कार्य तीव्रतासाथ अघि बढाइएको जानकारी दिए । बाढी र पहिरोका कारण ३८ जिल्ला प्रभावित भएको उनले बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ३५ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका